Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सेर्तुङवासी भन्छन, ‘सरकारको सहयोग बिना घर बनाउन सकिँदैन’

\"dhading-map\"धादिङ । भूकम्पले सबै घर क्षतिग्रस्त भएका सेर्तुङवासीले वर्षायामपछि घर बनाउने सोच बनाए पनि सरकारको सहयोगबिना घर निर्माण गर्न नसकिने बताएका छन् । धादिङको उत्तरी क्षेत्रमा अवस्थित दुर्गम मानिएको सेर्तुङ गाविसमा वैशाख १२ को भूकम्पले लगभग सबैका घर क्षति भएपछि गाउँलेहरु अहिलेसम्म त्रिपालमा रात कटाउन बाध्य छन् । एक हजार १८९ घरधुरी रहेको सो गाविसका जनताले विश्व खाद्य कार्यक्रम, एक्टेड नेपाल, वल्र्ड भिजन, सिआरएसलगायतका संस्थाले दिएको राहत तथा खाद्य सामग्रीका भरमा जीवनयापन गरिरहेका छन् । सेर्तुङ–५ निवासी कामी घले विभिन्न संस्थाले सहयोग गरेको राहत तथा खाद्य सामग्रीले तत्काल खान बस्न समस्या नभए पनि स्थायी घर कहिले र कसरी बनाउने भन्ने चिन्ता रहेको बताउँछन्। सरकारले उपलब्ध गराएको पहिलो चरणको रु सात हजार र त्यसपछिको रु १५ हजार खर्च भइसकेको उनले बताए । सरकारले भूकम्पलगत्तै पूर्णरुपमा घर क्षति भएका प्रतिपरिवारलाई रु दुई लाख अनुदान दिने घोषणा गरेको थियो । भूकम्पपीडित जनता अहिले स्थायी घर निर्माण गर्न सरकारी अनुदानको पर्खाइमा छन् । यसबाहेक सरकारले भूकम्पपीडितलाई घर निर्माण गर्न सहरमा  २५ लाख र ग्रामीण क्षेत्रमा रु १५ लाख सहुलीयत ब्याजदरमा ऋण दिने घोषणा पनि गरेको छ । त्रिपालमुनिको कष्टपूर्ण बसोबासबाट मुक्ति पाउन वर्षायामपछि स्थायी घर बनाउने सोच बनाएकी सेर्तुङ–४ की हासिमाया विकलाई पनि अब घर कसरी बनाउने भन्ने चिन्ता छ । उनी भन्छिन्, ‘घर बनाउन सरकारले पैसा दिन्छ भन्ने सुनेको छु, खै कहिले पाइन्छ थाहा छैन ।’ सडक यातायात नभएका भूकम्प प्रभावित दुर्गम क्षेत्रमा हाल संयुक्त राष्ट्रसङ्घ मानवीय उड्डयन सेवाअन्तर्गत विश्व खाद्य कार्यक्रमले आफैँ खाद्य सामग्री वितरणका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका राहत सामग्रीसमेत निःशुल्क ढुवानी गरिरहेको छ । विश्व खाद्य कार्यक्रमले बुधबार र बिहीबार मात्रै एक्टेड नेपालले सेर्तुङका लागि उपलब्ध गराएको ७३।६ मेट्रिक टन जस्तापाता हेलिकोप्टरमार्फत निःशुल्क ढुवानी गरेको छ । एक्टेड नेपालले सो गाविसका प्रतिपरिवारलाई दुई बन्डल जस्तापाता वितरण गरेको छ । विश्व खाद्य कार्यक्रमले दुई दिनको अवधिमा गोरखाको केरौन्जामा फेज नेपालले उपलब्ध गराएको जस्तापाता, त्यसका किलाकाटा, डोरी, ब्लाङ्केट, त्रिपाललगायतका ३४।३ मेट्रिक टन सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरेको छ । भूकम्पले घर भत्काएपछि राहत सामग्रीका भरमा गाँसबासको व्यवस्था भइरहेको बताउने सेर्तुङ–६ का कोचोमान तामाङ गाउँमा बाटोको सुविधा नभएका कारण पूर्वाधार सामग्री ढुवानी गर्न समस्या रहेको बताउँछन् । सेर्तुङ–५ का बुक्तु घलेको पनि वर्षा सकिएपछि स्थायी घर बनाउने योजना छ । तर घर बनाउन पैसा नभएको उनी बताउँछन् । ‘सरकार तथा अन्य संस्थाको सहयोग बिना आफ्नै बर्कतले घर बनाउन सकिँदैन ।’ उनी भन्छन् । विश्व खाद्य कार्यक्रमले भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न सामग्री वितरणका साथै ५० वटा अस्थायी स्वास्थ्य सेवा केन्द्रसमेत निर्माण गर्ने भएको जनाएको छ । भूकम्पले मुलुकका ९०० भन्दा बढी अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र आंशिक वा पूर्णरूपले क्षतिग्रस्त भएका छन् । सेर्तुङकै मनमाया गरुङको भूकम्पले घर लडाएपछि भएको अन्न माटोमा मिसिएर खान नमिल्ने भयो । राहतमा आएको खाद्यान्नले मनमायाको दिन गुजारा भइरहेको छ, तर राहत सामग्री कसले दिएको हो उनलाई थाहा छैन । अब भत्केको घर कहिले बनाउनुहुन्छ भन्ने जिज्ञासामा मनमायाको जवाफ थियो, “सरकारले पैसा दिन्छ भन्ने सुनेको छु, त्यो रकम आएपछि बनाउने ।” भूकम्पपछि डब्लुएफपीको व्यवस्थापनमा सञ्चालित संयुक्त राष्ट्रसङ्घ मानवीय उड्डयन सेवाले १३२ स्थानबाट दुई हजार २८० भन्दा बढी यात्रु र एक हजार १८५ मेट्रिक टन सामान उडान गरी अत्यावश्यक सहयोग गरेको थियो । वैशाख १२ को भूकम्पले मुलुकभर आठ हजार ८५६ को मृत्यु हुनुका साथै २२ हजार ३०९ व्यक्ति घाइते भएको गृहमन्त्रालयले जनाएको छ । भूकम्पले दुई हजार ६७३ सरकारी भवन पूर्ण क्षति र तीन हजार ७५७ भवनमा आंशिक क्षति पुगेको थियो । त्यस्तै सर्वसाधारणका छ लाख २२ हजार २५७ घर पूर्ण क्षति र दुई लाख ८५ हजार ९९ घर आंशिकरुपमा क्षति भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending