Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

बागलुङमा ३७ हजार नयाँ मतदाता

खबरडबली संवाददाता

बाग्लुङ । पछिल्लो पाँच वर्षमा यहाँ झण्डै ३७ हजार मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह चुनावमा एक लाख ५६ हजार ८०२ मतदाता रहेकामा अहिले त्यो सङ्ख्या बढेर एक लाख ९३ हजार ६२५ पुगेको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये महिला ९९ हजार ७२८ र पुरुष ९३ हजार ८९७ छन् । जहिल्यैका चुनावमा महिला मतदाताको सङ्ख्या बढी हुन्छ । अघिल्लो स्थानीय तह चुनावमा ८२ हजार ८३९ महिला र ७२ हजार ९६३ महिला मतदाता थिए । चुनाव घोषणा हुनअघि निर्वाचन आयोगले अभियान नै चलाएर मतदाता नामावली सङ्कलन गर्ने गर्छ । त्यसबाहेक नियमित प्रक्रियाबाट पनि मतदाता नामावली सङ्कलन भइरहेको हुन्छ । चुनाव घोषणा भएसँगै मतदाता नामावली दर्ता रोकिने गर्छ ।

नयाँ थपिने मतदातामा लगभग सबै युवा नै हुन्छन् । दलहरुलाई चुनाव जित्न नयाँ मतदाता निर्णायक हुन सक्छन् । युवा पिँढीले मन परेको उम्मेदवारलाई आफ्नै स्वविवेकमा मत दिने सामाथ्र्य राख्छन् । मतदाता थपिँदै जाँदा दलहरुको चुनावी गणित पनि बदलिँदै जान्छ । पहिलेको चुनावको हिसाबकिताबले मात्र काम नगर्ने हुनसक्छ ।

जिल्लाभरका गरी ४६९ जनप्रतिनिधि छान्न यहाँका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यहाँ चार नगरपालिका र छवटा गाउँपालिका छन् । मतदानका लागि १०३ मतदानस्थल र २३० मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए  ।

मतदानको दिन नजिकिँदै गर्दा निर्वाचन अधिकृतका कार्यालय, सुरक्षा निकायसहित सम्बद्ध पक्ष व्यवस्थापकीय काममा खटिएका छन् । चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आवश्यक सबै प्रबन्ध चुस्त पारिएको जनाइएको छ । 

मतदान केन्द्र केन्द्रित तयारी अघि बढेको निर्वाचन अधिकारी रिजालले बताए ।उनका अनुसार मतदान सम्पन्न गराउन यहाँका दस स्थानीय तहमा गरी २३० जना मतदान अधिकृत खटाइएको छ । एउटा मतदान केन्द्रमा मतदान अधिकृतसहित पाँच कर्मचारी र तीन जना स्वयंसेवक खट्ने जनाइएको छ । मङ्गलबार बेलुकासम्म कर्मचारी, सुरक्षाकर्मी र चुनावका सामग्री मतदान केन्द्रमा पुगी सक्नेछन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy