काठमाडौंँ । समितिमा सो विषयमा छलफलका लागि शिक्षामन्त्री चित्रलेखा यादवलाई पनि आमन्त्रण गरिएकामा उनी बिना जानकारी अनुपस्थित भएपछि आगामी साता उनीसँग स्पष्टीकरण लिई संसदीय उपसमिति बनाइ साझा र जनक शिक्षाका व्यवस्थापन र कार्यदिशाबारे निचोड निकाली सरकारलाई निर्देशन दिन बैठकले जोड दिएको छ ।
सरकारी स्वामित्वमा रहेका साझा प्रकाशन र जनक शिक्षा सामग्री केन्द्रलाई समक्ष बनाई समयमा विद्यालय तहका पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउन व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सांसदले जोड दिएका छन् ।
उनीहरुले समितिको आजको बैठकमा शिक्षा मन्त्रालय र सम्बद्ध निकायका पदाधिकारीसँगको छलफलपछि लामो इतिहास बोकेका ती संस्थालाई धरासायी बनाएर निजी क्षेत्रका प्रकाशक र बिक्रेतालाई पोस्ने काम गर्न नहुने धारणा राखेका थिए ।
केही वर्षयता प्राथमिक तहका पाठ्यपुस्तकको उत्पादन र बिक्री वितरणको जिम्मा निजी क्षेत्रलाई पनि दिइएको कारण र त्यसको उपलब्धिबारे सभासद्ले चासो राखेका थिए ।
समितिका सभापति रञ्जुकुकारी झाले सरकारी निकायलाई नै सवल बनाउन संसद्ले निर्देश गर्नुपर्ने बतार्इन् । उनले आउँदो सोमबार वा मङ्गलबार शिक्षामन्त्रीसँग छलफल गरी अगाडि बढने बताएकी थिर्इन् ।
मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले सरकारको मुख्य चासो समयमा पाठ्यपुस्तक पुगोस् भन्ने भएकाले जनक र साझाको क्षमतामा ह्रास आएको देखिएपछि निजी क्षेत्रले जिम्मेवारी पाएको जानकारी दिए ।
जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले निजी क्षेत्रमा बढी कमिसन हुने भएकाले आफ्नो व्यापार घाटामा गएको बताए । साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आफ्नो नयाँ व्यवस्थापन आएपछि ऋण चुक्ता गराउने लक्ष्यका साथ काम भइरहेकाले सरकारी पाठ्यपुस्तकको वितरण विगतमा झैँ एकद्वार प्रणालीमा लान आग्रह गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: