Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

रासस

सर्लाही । सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या भएकोे छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झै यसवर्ष पनि खानेपानीको समस्या भएको हो ।

उत्तरी चुरे क्षेत्रमा खानेपानीका स्रोत सुक्न थालेका छन् । बस्तीमा खानेपानी अभाव भएको ईश्वरपुर नगरपालिका–१२ का रामबाबु थिङले बताए  । “धारामा पानी आउन छाडेको धेरै भयो, कुवा सुक्न थालेपछि खानेपानीको समस्या भएको छ”, उनले भने । 

ईश्वरपुर नगरपालिका–१२ को घारी बथान, गुइडुङ, शिर फुलजोर, शिर कालीन्जोर, लालबन्दी नगरपालिका–१५ को धुसेनी, देउराली, तिनघरे, लालबन्दी नगरपालिका– १२, १३ र १४ का अधिकांश बस्ती तथा हरिवन नगरपालिका–१ को चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या देखिएको छ । सुक्खा मौसम सुरु भएसँगै खानेपानीको समस्या देखिएको ईश्वरपुर नगरपालिका–१२ की जानुकी माया विकले बताइन् ।

चुरे क्षेत्रका बस्तीमा फागुनबाटै खानेपानीको समस्या हुने गर्छ । बढ्दो वन विनाश र उत्खनन्का कारण पछिल्ला वर्षमा खानेपानीका स्रोत सुक्न थालेका प्राविधिकले बताएका छन् । स्थानीय सरकारले यस्ता कार्य रोक्न कुनै पहल नगरेको स्थानीय तेज तामाङले बताए । “एक गाग्री खानेपानीको जोहो गर्न घण्टौ हिँडेर छिमेकी गाउँ पुग्नुपर्छ”, उनले भने, “गाउँमा एउटा मात्रै कुवा छ, पानीका लागि रातभर जाग्राम बस्नुपर्छ ।” 

लालबन्दी नगरपालिका–१४, नारायणखोलाका जितबहादुर राना निर्वाचनका बेला यसो गर्दिन्छु उसो गर्दिन्छु भन्नेहरु त्यसपछि फर्किएर नआएको गुनासो गरे  । “पशुचौपाया र मानिसले एउटै खोला, खोल्सी र कुवाको पानी खानुपरेको छ । दुषित पानी पिउँदा झाडापखालालगायत रोगबाट पीडित हुनुपरेको छ”, उनले भने । फागुनदेखि जेठसम्म चुरेक्षेत्रका बस्तीमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको छ । लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर राना भन्टिज्, “मुहान सुक्न थालेपछि धारामा पानी आउन छाडेको छ, एक गाग्री पानी भर्न घण्टाँै कुर्नुपर्ने बाध्यता छ ।” खानेपानीको अभाव टार्न बागमती, हरिवन र लालबन्दी नगरपालिकाले लिफ्ट प्रविधिबाट खानेपानी पु¥याउने प्रयास गरे पनि त्यो सार्थक हुन सकेको छैन ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending