Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ : सिंह

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संविधान र लोकतन्त्रको रक्षा गर्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठनबन्धन भएको स्पष्ट पारेका छन् ।

उनले भने, “कांग्रेस नेतृत्वको सरकारले संविधान जारी गरेको हो । नेकपाको पूर्ववर्ती सरकारबाट पटक–पटक संविधानको मर्ममाथि प्रहार भयो । पछिल्लो समय विधिको शासन जोगाउन नै कांग्रेस नेतृत्वमा नै पाँच दलीय गठबन्धन बनेको हो । यो गठनबन्धनले स्थानीय निर्वाचनपछि पनि निरन्तरता पाउँछ ।”

नेपाली कांग्रेस चन्द्रागिरि नगर समिति र पाँच दलीय गठबन्धनद्वारा आज चन्द्रागिरि–१० बुद्ध मन्दिरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमहामन्त्री सिंहले  संविधान जोगाउन र समग्र चन्द्रागिरिको विकास गर्न गठनबन्धनका उम्मेदवारलाई निर्वाचनमा मत दिई विजयी गराउन आह्वान गरे । उनले भने, “जनताका सेवक भई पाँच वर्ष चन्द्रागिरि नगरकोको शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विकासमा नवीनतम काम गरेका नगरप्रमुख नै पुनः मेयर पदको उम्मेदवार बन्नुभएको छ । उहाँको अधुरा काम पूरा गर्न उहाँ सहित गठबन्धनका उम्मेदवारलाई पुनः मतदान गर्न म नगरवासीलाई आग्रह गर्दछु ।”

कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद राजन केसीले पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाई स्थायित्व कायम बनेको हो भने । उनले भने, “कांग्रेसले बाध्यता र राष्ट्रिय आवश्यकताले सरकारको नेतृत्व गरेको हो । सरकारले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाउन स्थानीय निर्वाचन सम्पन्न गर्न लागेको हो । यो निर्वाचनमा चन्द्रागिरिको विकासमा अथक योगदान दिँदै आउनुभएका पूर्व नगरप्रमुखको गठनबन्धनको टिमलाई अत्यधिक मतले विजय गराउन म नगरवासीसमक्ष आग्रह गर्दछु ।”

कांग्रेसका तर्फबाट चन्द्रागिरि नगरप्रमुखका उम्मेदवार घनश्याम गिरीले विसं २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित भएपछि कर्मचारी, रकम, आवश्यक कानुन तथा कार्यपालिकामा बहुमत नहुँदा आफूले शून्य अवस्थाबाट काम थालेको स्मरण गर्दै पाँच वर्षमा नगरको पूर्वाधार विकासमा आवश्यक पूर्वाधार तयार भएको जानकारी दिए । उनले भने, “अहिले नगरको आफ्नै प्रशासनिक भवन छ । रु एक अर्बको लगानीमा थानकोटमा अस्पताल बन्दैछ । शिक्षा, खानेपानी, सडक पूर्वाधारमा नवीनतम काम भएका छन् । राजनीतिक एकता र सहकार्यले मैले काम गरेँ । ‘उत्पादन रोजगार र वजारीकरण ः  प्रविधि युक्त सुशासन’ ध्येयका साथ पुन ः उम्मेदवारी दिएको छु । ”

राष्ट्रिय जनमोर्चाका नेता एवं उपप्रमुख पदका उम्मेदवार रोशन दानीले प्रतिगमनका विरुद्ध पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिई विजयी गराउन आग्रह गरे ।

कांग्रेस चन्द्रागिरि नगर कार्य समितिका उपसभापति एवं चुनाव प्रचार–प्रसार समितिका संयोजक राजेन्द्रविक्रम बाँनियाले विकासका पूर्वाधार तयार पारेका पूर्वप्रमुखको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरे  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy