Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

मतगणनास्थलको तयारी पूरा, सिसी क्यामेरासहित तारजालीको व्यवस्था

खबरडबली संवाददाता

गलकोट । सुरक्षित तरिकाले मतगणना गर्नका लागि बागलुङका मतगणनास्थलमा तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरी तयारी अवस्थामा राखिएको जनाएका छन् । 

बागलुङका १० वटै मतगणनास्थलमा सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ ।  ३० गते हुने स्थानीयतहको निर्वाचनको मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार जिल्लाका १० वटै मतगणनास्थल मत गणनाका लागि सुरक्षित बनाइएको छ । बागलुङको ४ नगरपालिका र ६ गाउँपालिकाको मतगणनाका लागि सिसी क्यामेरासहित तारजालीको व्यवस्थापन गरेर मतगणना गर्ने तयारी अनुसार मतगणनास्थल तयार पारिएको छ ।
 
मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार बागलुङ नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गर्नका लागि मतगणनास्थल तयार गरिएको छ । सभाहलमा तारजाली लगाइएको छ भने सिसी क्यामेर जडान गरेर तयारी अवस्थामा राखिएको छ । 

यस्तै जैमिनी नगरपालिकाले नगरपालिकाको वडा नं १ को सभाहलमा मतगणनास्थलको तयारी गरेको निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिए । उनले मतगणनास्थलमा सिसी क्यामेरा जडान र तारबारको व्यवस्था मिलाएको बताए । 

यस्तै गलकोट नगरपालिकामा मतगणनाका लागि पुरानो गलकोट माध्यमिक विद्यालयको भवनमा मतगणनास्थल तयार पारिएको छ भने ढोरपाटन नगरपालिकाले बुर्तिबाङस्थित उत्तरगङ्गा माध्यामिक विद्यालयको भवनमा मतगणनाको तयारी गरेको छ । दुवै मतगणनास्थलमा सिसी क्यामेरासहित बलियो गरी तारबार लगाइएको छ ।

यस्तै तमानखोला गाउँपालिकामा मतगणनाको लागि स्थलको तयारी पूरा गरिएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि तारजालीसहित सिसी क्यामेराको व्यवस्था मतगणनास्थलमा गरिएको तमानखोला गाउँपालिकाका निर्वाचन अधिकृत लालप्रसाद लामिछानेले जानकारी दिए ।
 
यस्तै निसीखोला गाउँपालिकाको सभाहलमा मतगणनास्थल निर्माण गरिएको निसिखोला गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्द गिरीले जानकारी दिए । उक्त मतगणनास्थलमा सिसी क्यामेरासहित तारजालीको व्यवस्थापन गरिएको हो ।  जिल्लाको बडिगाड गाउँपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलको तयारी पूरा गरेको छ, भने  ताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाँडामा मतगणनास्थल तयार पारिएको हो । सबैमा सिसी क्यामेरा र तारजाली अनिवार्य गरिएको छ भने अन्य सुरक्षा मतगणनास्थलको अवस्था अनुसार हुनेछ । 

यस्तै काठेखोला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले भीमसेन माध्यमिक विद्यालयको भवनमा सिसी क्यामेरा र तारबारसहित मतगणनास्थल तयार गरेको काठेखोला गाउँपालिकाका निर्वाचन अधिकृत हर्कबहादुर केसीले जानकारी दिए । “निर्वाचन अधिकृतको कार्यालय सानो भएकाले नजिकै रहेको विद्यालयमा मतगणनाको व्यवस्थापन मिलाएका छौँ” केसीले भने “आयोगको निर्देशन अनुसार सिसी क्यामेरा र सुरक्षाका लागि तारजाली लगाइएको हो, मतगणनास्थलको तयारी पूरा भएको छ, अब हाम्रो ध्यान निर्वाचनमा जान्छ ।”

यस्तै जिल्लाको बरेङ गाउँपालिकाले मतगणनास्थलमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै सिसी क्यामेरासहितको मतगणनास्थलको तयारी गरिएको बरेङ गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा हुनसक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र रोक्न सुरक्षित तरिका अपनाइएको हो । निर्वाचन आयोगले सिसी क्यामेरा जडान गरेर मतगणना गर्न भनेपछि सबै निर्वाचन कार्यालयले स्थानीय पालिकाको व्यवस्थापनमा सिसी क्यामेरा र तारजाली लगाएको हो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies