Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

सप्तरीमा कांग्रेस र जसपा २/२ वडामा विजयी

खबरडबली संवाददाता
सप्तरी । गत शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत यहाँका विभिन्न पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ ।
 
जिल्लामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले दुई/दुई वडामा र नेकपा (एमाले), लोसपा र जनमत पार्टीले एक/एक वडामा जित हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 
सप्तकोशी नगरपालिका–१ मा कांग्रेसबाट वडाध्यक्षमा रोहिणीप्रसाद पोखरेलको समूह नै विजयी भएको छ । कांग्रेसकै खुला सदस्यमा दीपक राई र जनकबहादुर राउत, महिला सदस्यमा सीताकुमारी चौधरी र दलित महिला सदस्यमा भीमकुमारी नेपाल विजयी भएकी छन्  ।  
 
शम्भुनाथ नगरपालिकामा कांग्रेसका जिवछ साहले ४७४ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका बद्रीनारायण यादवले ३७१ मत ल्याएको छ । प्यानलसहित जितेको उक्त वडामा कांग्रेसबाट खुला सदस्यमा राधादेवी चौधरी र बिमलाकुमारी चौधरी, महिला सदस्यमा फूलकुमारी चौधरी र दलित महिला सदस्यमा इनरवती देवीराम विजयी भएकी छन् । 
 
यसैगरी खडक नगरपालिका–२ को वडाध्यक्ष पदमा जसपाका हरेराम मण्डल नौ मत बढी ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धर्मदेव साहले ३५९ र एमालेका विसुन साहले ३३६ मत ल्याएका छन् । कञ्चनरूप नगरपालिका वडा नम्बर १ मा प्यानलसहित जसपा नेपालका रव्बान खान ४१ मत बढी ल्याएर विजयी भएका छन्  ।
 
अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन्  । सो पार्टीका सबजुल खलिफा ६४१ मत ल्याई वडाध्यक्षमा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अछमितलाल चौधरीले ५५० र जसपाका रामनारायण चौधरीले ५१४ मत ल्याएका छन् । 
 
यसैगरी खुला सदस्यमा एमालेका देवकान्त चौधरी र रामगेन सिंह, महिला सदस्यमा वैजनाथदेवी थरुनी र दलित महिला सदस्यमा पार्वतीदेवी राम विजयी भएका छन् ।
 
खडक –१ मा लोसपाबाट वडा अध्यक्षमा राजकुमार साह ८११ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकट्तम प्रतिद्वन्द्वी जसपाका सिंंहेश्वर मण्डलले ६३८ मत ल्याएका छन् ।
 
लोसपाकै खुला सदस्यमा दिलीपकुमार मण्डल र त्रिभुवन मण्डल तथा महिला सदस्यमा आभना खातुन र दलित महिला सदस्यमा ललितादेवी राम विजयी भएका छन् । 
 
उक्त वडामा कांग्रेसबाट महिला वडासदस्य र दलित महिला सदस्य विजयी भएका छन् । यसैगरी एमाले र जसपाले खुला वडासदस्यमा जित हासिल गरेको छ ।
 
हनुमाननगर कङ्कालिनी नगरपालिका–१ को वडाध्यक्षमा जनमत पार्टीका सुरेन्द्र मण्डल प्यानलसहित निर्वाचित भएका छन् । 
 
डाक्नेश्वरी नगरपालिका–२ हरिराहामा मतदान सुरु भएको छ भने सोमबार रूपनी गाउँपालिका–५ बसबिट्टीमा मतदान सुरु हुने जनाइएको छ। हाल जिल्लाको १६ स्थानीय तहको मतगणना जारी छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies