Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

भूकम्पको केन्द्रबिन्दु बारपाक अर्काे समस्यामा, राज्यकाे चरम लाचारीपना

\"barpak-Gorkha\"गोरखा । गोरखाको बारपाक गाविस–६ की सीताकुमारी घलेको दिनचर्या हिजोआज औषधिमूलो खोज्दैमा बित्ने गरेको छ । उनकी साढे तीन वर्षकी छोरी मेरिस्का घले रोगले थलिएको आज २० दिन पुगिसक्यो । औषधिमूलो खोज्दै घले दिनहुँ बारपाक गाउँ नजिकैको रागर सामुदायिक वनमा पुग्छीन् र जडीबुटी खोजेर फर्किन्छीन् । घलेको मात्र होइन, घरमा साना छोराछोरी भएका अधिकांश बारपाकी अभिभावकको दिनचर्या गत असार अन्तिम सातादेखि नै बदलिएको हो । त्रिपालमुनि, होचो छानो भएको टहरोमुनि बसोवास गर्दै आएका बारपाकका भूकम्पपीडित बालबालिका एकपछि अर्को गरी बिरामी परेका छन् । समयमै उपचार सेवा नपाउँदा बालबालिकाको शरीर झन् गल्दै गएको छ । महिनादिन बित्दासमेत औषधि उपचार नपाएर बिरामीको सङ्ख्या थपिँदो छ । बारपाक–६ का स्थानीयवासी तेजबहादुर घलेका अनुसार गाउँका बालबालिकालाई कमलपित्त रोगले सताएको छ । \'स्वास्थ्य चौकीमा औषधि नै हुँदो रहेनछ,\' उनले भने – \'बिरामी छोराछोरी बोकेर अभिभावक स्वास्थ्य चौकी जाँदै फर्कंदै गरेका छन् ।\' स्थानीयवासीले पहेँले भन्ने गरेको कमलपित्त रोगले बालबालिका ग्रसित भएको घलेले जानकारी दिए । \'स्वास्थ्य चौकीमा औषधि नभेटाएपछि बिरामीका आमाबाबु जडीबुटी खोज्न जङ्गल पसिरहेका छन्,\' उनले भने– \'दिनभर जडीबुटी खोज्छन् । बेलुकी बिरामीलाई पिलाउँछन् ।\' कुड्की, चुक्रोको बोक्रालगायत जडीबुटीको जरा थिचेर निकालिएको रस (झोल) खुवाएपछि बिरामी बालबालिकामध्ये केही तङ्ग्रिएका छन् । \'बालबालिकाले धेरै चाउचाउ खाए,\' घलेले भने – \'भूकम्पपछि घर भत्कियो । अन्नहरु पुरियो । बालबालिकाले जतिबेला पनि चाउचाउ खाए । त्यसको असरले गर्दा कमलपित्त देखापरेको हुनुपर्छ ।\' मानिसहरु टहरा निर्माणको कामलाई छाडेर बिरामी छोराछोरीलाई औषधिमूलो गर्न जडीबुटीको खोजीमा लागिपरेका छन् । कमलपित्त रोगको औषधि नभए पनि पहेँला जातका फलफूल, उखु, फर्सी, मेवालगायतका फलफूल बारपाक क्षेत्रमा नहुँदा समस्या भएको घलेले बताए । बारपाक गाउँका १५० जनाभन्दा बढी बालबालिकामा कमलपित्त रोगको लक्षण देखा परेको छ । अधिकांश बालबालिका विद्यालय जाने उमेरका छन् । बारपाकमा कमलपित्त रोग फैलिएकोबारे जिल्ला जनस्वास्थ्य कार्यालय गोरखा अनभिज्ञ छ । \'केही दिनअघि बारपाक स्वास्थ्य चौकीका अहेब कार्यालय आउनुभएको थियो,\' वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले भने – \'उनले बालबालिकामा फैलिएको भनिएको रोगबारे हामीलाई केही जानकारी गराउनुभएन ।\' भाइरलको औषधि नहुने भन्दै अधिकारीले धमिलो पानी नपिउन बारपाकवासीलाई आग्रह गरेका छन् । \'बर्खाका बेला कसरी कर्मचारी पठाउने ?,\' अधिकारीले भने – \'जन्डिस आफैँ निको हुने रोग हो, आत्तिनुपर्दैन । पानी उमालेर खानुपर्छ ।\' बारपाकस्थित स्वास्थ्य चौकीका अहेबलाई सम्पर्कमा ल्याएर त्यहाँको अवस्थाबारे जानकारी लिने तयारी गरिएको अधिकारीको भनाइ छ । सदरमुकामदेखि बारपाकसम्म ५२ किलो मिटरको कच्ची बाटो हो । बर्खा लागेसँगै बारपाक क्षेत्रमा गाडी जाँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending