Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भूकम्पको केन्द्रबिन्दु बारपाक अर्काे समस्यामा, राज्यकाे चरम लाचारीपना

\"barpak-Gorkha\"गोरखा । गोरखाको बारपाक गाविस–६ की सीताकुमारी घलेको दिनचर्या हिजोआज औषधिमूलो खोज्दैमा बित्ने गरेको छ । उनकी साढे तीन वर्षकी छोरी मेरिस्का घले रोगले थलिएको आज २० दिन पुगिसक्यो । औषधिमूलो खोज्दै घले दिनहुँ बारपाक गाउँ नजिकैको रागर सामुदायिक वनमा पुग्छीन् र जडीबुटी खोजेर फर्किन्छीन् । घलेको मात्र होइन, घरमा साना छोराछोरी भएका अधिकांश बारपाकी अभिभावकको दिनचर्या गत असार अन्तिम सातादेखि नै बदलिएको हो । त्रिपालमुनि, होचो छानो भएको टहरोमुनि बसोवास गर्दै आएका बारपाकका भूकम्पपीडित बालबालिका एकपछि अर्को गरी बिरामी परेका छन् । समयमै उपचार सेवा नपाउँदा बालबालिकाको शरीर झन् गल्दै गएको छ । महिनादिन बित्दासमेत औषधि उपचार नपाएर बिरामीको सङ्ख्या थपिँदो छ । बारपाक–६ का स्थानीयवासी तेजबहादुर घलेका अनुसार गाउँका बालबालिकालाई कमलपित्त रोगले सताएको छ । \'स्वास्थ्य चौकीमा औषधि नै हुँदो रहेनछ,\' उनले भने – \'बिरामी छोराछोरी बोकेर अभिभावक स्वास्थ्य चौकी जाँदै फर्कंदै गरेका छन् ।\' स्थानीयवासीले पहेँले भन्ने गरेको कमलपित्त रोगले बालबालिका ग्रसित भएको घलेले जानकारी दिए । \'स्वास्थ्य चौकीमा औषधि नभेटाएपछि बिरामीका आमाबाबु जडीबुटी खोज्न जङ्गल पसिरहेका छन्,\' उनले भने– \'दिनभर जडीबुटी खोज्छन् । बेलुकी बिरामीलाई पिलाउँछन् ।\' कुड्की, चुक्रोको बोक्रालगायत जडीबुटीको जरा थिचेर निकालिएको रस (झोल) खुवाएपछि बिरामी बालबालिकामध्ये केही तङ्ग्रिएका छन् । \'बालबालिकाले धेरै चाउचाउ खाए,\' घलेले भने – \'भूकम्पपछि घर भत्कियो । अन्नहरु पुरियो । बालबालिकाले जतिबेला पनि चाउचाउ खाए । त्यसको असरले गर्दा कमलपित्त देखापरेको हुनुपर्छ ।\' मानिसहरु टहरा निर्माणको कामलाई छाडेर बिरामी छोराछोरीलाई औषधिमूलो गर्न जडीबुटीको खोजीमा लागिपरेका छन् । कमलपित्त रोगको औषधि नभए पनि पहेँला जातका फलफूल, उखु, फर्सी, मेवालगायतका फलफूल बारपाक क्षेत्रमा नहुँदा समस्या भएको घलेले बताए । बारपाक गाउँका १५० जनाभन्दा बढी बालबालिकामा कमलपित्त रोगको लक्षण देखा परेको छ । अधिकांश बालबालिका विद्यालय जाने उमेरका छन् । बारपाकमा कमलपित्त रोग फैलिएकोबारे जिल्ला जनस्वास्थ्य कार्यालय गोरखा अनभिज्ञ छ । \'केही दिनअघि बारपाक स्वास्थ्य चौकीका अहेब कार्यालय आउनुभएको थियो,\' वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले भने – \'उनले बालबालिकामा फैलिएको भनिएको रोगबारे हामीलाई केही जानकारी गराउनुभएन ।\' भाइरलको औषधि नहुने भन्दै अधिकारीले धमिलो पानी नपिउन बारपाकवासीलाई आग्रह गरेका छन् । \'बर्खाका बेला कसरी कर्मचारी पठाउने ?,\' अधिकारीले भने – \'जन्डिस आफैँ निको हुने रोग हो, आत्तिनुपर्दैन । पानी उमालेर खानुपर्छ ।\' बारपाकस्थित स्वास्थ्य चौकीका अहेबलाई सम्पर्कमा ल्याएर त्यहाँको अवस्थाबारे जानकारी लिने तयारी गरिएको अधिकारीको भनाइ छ । सदरमुकामदेखि बारपाकसम्म ५२ किलो मिटरको कच्ची बाटो हो । बर्खा लागेसँगै बारपाक क्षेत्रमा गाडी जाँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending