गलकोट । बागलुङका १० पालिकाका ८५ मध्ये तीन पालिकासहित ४५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम हेर्दा गठबन्धनको अग्रता कायमै छ । सार्वजनिक मध्ये १८ मा कांग्रेस, १३ मा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा ७, नेकपा एमालेले ६ र नेकपा एसले १ वटा वडामा जित हासिल गरेको छ ।
गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको सम्पूर्ण मतपरिणाम आइसकेको छ जसमध्ये गठबन्धनका उम्मेदवारले विजयी हासिल गरेका छन् भने गलकोटको ११ नं वडामामात्रै एमाले विजयी भएको छ ।
गलकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका भरत शर्मा गैरै र उपप्रमखुमा माओवादी केन्द्रका फमलाल न्यूरे निर्वाचित भएका छन् । ११ वडा रहेको नगरपालिकामा एक वडाबाहेक गठबन्धका दलहरुले विजयी प्राप्त गरेका छन् । कांग्रेस २, ३, ४, ५, ८,९ र १० नं मा विजयी भएको छ भने माओवादीले ६ र ७, राष्ट्रिय जनमोर्चाले १ र ११ नं वडा नेकपा एमालेले जितेको छ ।
यस्तै तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा हीराकुमारी छन्त्याल विजयी भएका छन् । ६ वडाको तमानखोलामा १, २, ४ मा माओवादी केन्द्र विजयी भएको छ भने ३, ५ र ६ वडामा कांग्रेस विजयी भएको छ । यस्तै ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादीका धनबहादुर विक र उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोका विजयी भएका छन् । पाँच वडाको ताराखोलामा सबै वडा माओवादीले जितेको छ ।
ढोरपाटन नगरपालिकामा मतगणना चलिरहँदा हालसम्म ४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ९ वडा रहेको नगरपाकिलामा हालसम्म चार वडाको मतपरिणम सार्वजनिक भएको छ । जसमध्ये ९, ६ नं वडामा एमाले, ७ मा राष्ट्रिय जनमोर्चा र ८ मा माओवादी केन्द्रले जितेको छ ।
निसीखोला गाउँपालिकाको सातमध्ये चार वडाको मतपरिणाम सार्वजनिक भएको छ । जस्मा १ र ४ नं वडा कांग्रेस, २ नं वडा माओवादी र ३ मा राष्ट्रिय जनमोर्चाले जित हासिल गरेको छ । बडिगाड गाउँपालिकामा हालसम्म दुई वडाको मात्रै मतपरिणाम सार्वजनिक भएको छ ।
१० वटा वडा रहेको गाउँपालिकामा वडा नं १ मा राष्ट्रिय जनमोर्चा र १० मा माओवादी केन्द्रले जितेको छ । काठेखोला गाउँपालिकाको ३ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ८ वडा रहेको गाउँपालिकामा १ नं मा कांग्रेस, २ र ३ नं वडामा एमाले विजयी भएको छ । जम्मा १४ वडा रहेको बागलुङ नगरपालिकामा हालसम्म ४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । १, १४ र १३ मा कांग्रेस, २ नं नेकपा (एकिकृत समाजवादी) विजयी भएको छ । यस्तै १० वडाको जैमिनी नगरपालिकामा हालसम्म तीन वडाको मतपरिणाम आएको छ । जसमध्ये वडा नं ९ मा एमाले, १० मा राजमो र ८ मा कांग्रेस विजयी भएको छ ।
यस्तै ५ वडा रहेको बरेङ गाउँपाकिलामा हालसम्म तीन वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५ नंमा कांग्रेस र १ र २ नं वडामा राजमोले जितेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: