Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसको अग्रता

वडा नं ६ को अध्यक्षमा सुवेदी विजयी

खबरडबली संवाददाता

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा वडा नं ५ को मत गनिसक्दा कांग्रेस नेकपा (एमाले)लाई ३०० बढी मतले पछि पार्दै अघि लागेको हो । नगरपालिकाको वडा नं ३ सम्मको मतगणनामा एमाले अघि थियो । वडा नं ४ को मतगणनामा कांग्रेसले मतान्तर घटाएको थियो ।

कांग्रेसका दीपक रिसालले छ हजार २६२ मत पाएका छन् । उनलाई पछ्याउँदै एमालेका उद्धव विष्टले पाँच हजार ८६२ मत पाएका छन् । उपप्रमुखमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसकी शान्ति नेपालले पाँच हजार ८५२ मत पाएका छन् । उनलाई   पछ्याउँदै एमालेका सान्नानी लामाले पाँच हजार ८३६ मत पाएका छन् ।

वडा नं ६ को अध्यक्षमा  सुवेदी विजयी

वडा नं ६ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार नारायणबहादुर सुवेदी निर्वाचित भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिए  । उनलाई एक हजार ७५५ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार तारा पुडासैनीले ८१४ मत पाए । सुवेदी प्यानलसहित निर्वाचित भएका हुन्  ।

नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । जसमध्ये २४ हजार २४२ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा यसअघि नेपाली कांग्रेसले नगरप्रमुख, उपप्रमुखसहित छ वटा वडामा विजय हासिल गरेको थियो । यसपटक भने कांग्रेसले विगतमा जितेको नगरपालिकाको वडा नं १ र ३ मा हारेको छ । दुवै वडामा एमाले प्यानलसहित विजयी भएको छ । नगरपालिकाका नौवटा वडामध्ये चारवटा वडाको परिणाम सार्वजनिक भइसकेको छ ।

नगरपालिकाको वडा नं २ मा पनि एमाले प्यानलसहित विजयी भएको छ । वडा नंं ४ मा भने कांग्रेसका बागी उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भए । वडा सदस्यमा भने तीनवटा पदमा कांग्रेस र एउटा पदमा एमाले विजयी भएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending