Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

प्रदेश नं १ का दुई उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको अग्रता

धरानका पाँच वडाको मत परिणाम सार्वजनिक

खबरडबली संवाददाता
विराटनगर । प्रदेश नं १ को धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
 
प्रदेश निर्वाचन कार्यालयका अनुसार पछिल्लो मत परिणामअनुसार धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका किशोर राई तीन हजार चार मतसहित अग्रस्थानमा छन् भने उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार हर्कराज राईले २ हजार १२० मत र नेकपा एमालेमा मन्जु भण्डारी सुवेदीले दुई हजार १५ मत प्राप्त गरेकी छन् ।
 
उपप्रमुखमा  नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम वेघा तीन हजार ३१९ र नेकपा एमालेका पदमप्रसद लिम्बूले दुई हजार ४६९ मत प्राप्त गरेका छन् ।
 
धरानका पाँच वडाको मत परिणाम सार्वजनिक 
 
धरान उपमहानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका यज्ञमणि आचार्यले ७५५ मत प्राप्त गरी विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गरेका थिए ।
 
वडा नं २ दुईमा वडाध्यक्षमा नेकपा एमालेका रमेश राईले ७४८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधीरसिंह लिम्बूले ६२७ मत प्राप्त गरेका थिए । वडा नं ३ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका विद्या शाक्यले एक हजार ८० मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुयोग पाख्रिनले ६२५ मत प्राप्त गरेका थिए ।
 
वडा नं ४ को वडाध्यक्षमा नेकपा एमालेका धनबहादुर राईले ८२६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर राईले ६१२ मत प्राप्त गरेका थिए ।
 
यस्तै वडा नं ७ मा वडाध्यक्षमा नेकपा एमालेका जीवनराज सुवेदीले ६७९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवर्णमोहन पालिखे ५७२ मत प्राप्त गरेका थिए ।
 
यसैगरी इटहरी उपमहानगपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले चार हजार १११ मत प्राप्त गरी अग्रस्थानमा छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका यामकुमार चुङ्गुवाङ सुब्बाले दुई हजार ५१२ मत प्राप्त गरी पछ्याइरहेका छन् । 
 
यस्तै, उपप्रमुख पदमा नेकपा एमालेका सङ्गीताकुमार चौधरीले दुई हजार ८९० र नेकपा (एकीकृत समाजवादी) का केशवकुमार विष्टले दुई हजार ५८० मत प्राप्त गरी प्रतिस्पर्धा गरिरहेका छन् ।
 
इटहरी उपमहानगपालिकाको वडा नं १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका रतन कार्कीले एक हजार ७४७ मत प्राप्त गरी विजयी भएका छन् भने, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार राईले ९३५ मत प्राप्त गरेका थिए  । 
 
वडा नं २० मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका मणिराम श्रेष्ठले दुई हजार ४०६ मत प्राप्त गरी विजयी भएका छन् भने, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजनकुमार राईले एक हजार ५५८ मत प्राप्त गरेका थिए  ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies