खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलका साझा उम्मेदवारी विजयी भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको यस नगरमा कांग्रेसका तीर्थराज भट्टराई प्रमुख र माओवादी का बिसन राई उपप्रमुखमा विजयी भएका हुन् ।
भट्टराईले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कुमार आचार्यलाई चार हजार ३९३ र बिसनले एमालेकै विणादेवी राईलाई तीन हजार ११९ मतान्तरले पछि पार्दै प्रमुख र उपप्रमुखमा विजयी भएका मुख्य निर्वाचन अधिकृत मात्रिकाप्रसाद आचार्यले जानकारी दिए । भट्टराईले एघार हजार ३८९ मत ल्याएर विजयी हुँदा आचार्यले छ हजार ९९६ मत र बिसनले १० हजार ४३८ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी विणादेवीले सात हजार ३१९ मत ल्याएका छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जीवनकुमार श्रेष्ठले नगर प्रमुखमा ४०५ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ४८ मत तथा राप्रपाबाटै उपप्रमुखमा चन्द्रकुमारी राई ‘तारा’ले ५६६ मत ल्याएको सहायक निर्वाचन अधिकृत प्रतिभा राईले जानकारी दिइन् । नगरप्रमुख र उपप्रमुखमा चार राजनीतिक दलबीच चुनावी तालमेल भएको यस नगरपालिकाको अधिकांश वडामा एक्ला–एक्लै प्रतिस्पर्धा भएको थियो ।
पन्ध्र वडा रहेको यस नगरपालिकाको प्रमुखमा अघिल्लो निर्वाचनमा एमालेबाटै दीपनारायण रिजाल विजयी भएका थिए ।
जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह तथा सबैको ध्यान केन्द्रित हुने यस नगरपालिकाको तीनवटा वडामा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । वडा नं ३ बाम्राङमा महेन्द्रकुमार राई, वडा नं ८ दोर्पा बुवालुङमा लीलाकुमार चौहान र वडा नं १४ बुइपामा दिनेश राई निर्वाचित भएका हुन् ।
वडा नं १ दिक्तेलमा चार दलीय गठबन्धनबाट कांग्रेसका नवराज राई, वडा नं २ सोल्मामा माओवादी र एकीकृत समाजवादीबाट माओवादीका ध्रुवकुमार राई, वडा नं ४ खाल्लेमा माओवादी केन्द्रका खगेन्द्र राई, वडा नं ५ लफ्याङमा कांग्रेसका दिनेश घिमिरे, वडा नं ६ नेर्पामा माओवादी र एकीकृत समाजवादीबाट माओवादीका माधव राई, वडा नं ७ दोर्पा चिउरीडाँडामा कांग्रेसका हरि चौलागाइँ, वडा नं ९ निर्मलीडाँडामा माओवादीका दिनेश कठायत विजयी भएका छन् । यस्तै, वडा नं १० पाथेकामा माओवादी र जनता समाजवादीबाट जनता समाजवादीका मुगाधन राई, वडा नं ११ खार्मीमा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट जनता समाजवादीका इखबहादुर राई, वडा नं १२ जालपामा माओवादीका दानबहादुर राई, वडा नं १३ नुनथलामा माओवादी र एकीकृत समाजवादीबाट माओवादीका भगेश्वर राई र वडा नं १५ विजयखर्कमा कांग्रेस, माओवादी , जनता समाजवादी र एकीकृत समाजवादीपार्टीबाट कांग्रेसका रामबहादुर कटवाल वडाध्यक्षमा विजयी भएका हुन् ।
दश स्थानीय तह रहेको जिल्लामा हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित नौँवटाको मत परिणाम आइसकेको छ भने, एउटाको मत गणना जारी छ । मत परिणाम आउन बाँकी हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको जनाइएका
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: