Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

हाम्रो अधिकार पनि संविधानमा समेटियोसः राउटे

\"Raute-400\"काठमाडौं । लोपोन्मुख राउटे जनजातिलाई पनि संविधानमा समेट्न माग गर्दै शुक्रबार राउटेले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई नौबुँदे ज्ञापनपत्र प्रदान गरेका छन् । राउटे समुदायका सहायक मुखिया शिवराज साहीसहितका छजना राउटेले बुझाएको ज्ञापनपत्रमा अझैपनि आफूहरू जङ्गल छाडेर जाने इच्छा नभएकाले आफ्नो भाषा, संस्कृति, वेशभूषा र धर्म लोप हुन नदिन भावी संविधानमा किटानीका साथ उल्लेख गर्न माग गरेका छन् । उनीहरुले कानुनीरूपले लोपोन्मुख राउटे आदिवासी जनजाति उल्लेख हुनुपर्ने, आफूहरू रहेकै स्थानका प्रदेश, सङ्घ र स्थानीय निकायमा राउटेबाट पनि प्रतिनिधित्व गराइनुपर्ने, आत्मसम्मानपूर्वक बाँच्न पाउने सुनिश्चितता गरिनुपर्ने । आरक्षणअन्तर्गत सरकारी सेवा र शिक्षा क्षेत्रमा आफूहरूका लागि सिट सङ्ख्या तोकिनुपर्ने, आफ्नो संस्कृति जोगाउन सङ्ग्रहालय स्थापना गरिनुपर्ने, सुलभ तरिकाले नागरिकता प्रदान गरिनुपर्ने, समावेशी आयोगमा आफूहरुबाट एकजना सदस्य राखिनुपर्नेजस्ता माग ज्ञापनपत्रमा उल्लेख गरेका थिए । \"Raute-CAछजना राउटेको प्रतिनिधित्व गर्नुभएका सहायक मुखिया साहीले दसैँ तिहार र माघीजस्ता चाडपर्वमा खाद्यसामग्री जुटाउनका लागि आफूहरु काठमाडौं आएको बताएपछि संविधानसभा अध्यक्ष नेम्वाङले यो कुरा आफूले प्रधानमन्त्रीसमक्ष राख्ने र सरकारबाट आवश्यक पहल हुने जानकारी दिए । उनले राउटे समुदायबाट प्रस्तुत मागपत्रले संविधान निर्माणको क्रममा जनताबाट रायसुझाव लिनेक्रमले स्थायित्व पाउनुका साथै ऐतिहासिक बिन्दुमा पु¥याएको उल्लेख गर्दै संविधान निर्माणका क्रममा यो समुदायलाई पनि ध्यान दिनुपर्छ भने । भेटमा राउटे समुदायका तर्फबाट अध्यक्ष नेम्वाङलाई काठको बाकस प्रदान गरिएको थियो भने अध्यक्ष नेम्वाङले उनीहरुलाई भादगाउँले टोपी र कछाड प्रदान गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending