Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

‘धरहरा उद्घाटन भयो, सञ्चालनमा आएन’

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले काम नै नसकिएको धरहराको उद्घाटन गरिए पनि हालसम्म सञ्चालनमा आउन नसकोमा टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उनले काम नै नसकिएका आयोजना सम्पन्न भयो भनेर शुभारम्भ गर्ने प्रवृत्तिका कारण हालसम्म पनि समस्या खडा भएको बताए ।

“आफ्नो बेलामा उधुम नै ग¥यौँ भनेर केही माननीयज्यूहरूले धारणा राखेको देखियो । तर, वास्तविकता त्यस्तो छैन, धरहराको छेउमा चियापसल गर्नेले उद्घाटनपछि के पायो भनेर हेर्नुपर्छ कि पर्दैन ?” उनले भने ।

जनता समाजवादी पार्टीका  सांसद प्रमोद साहले कृषि क्षेत्रमा गएको अनुदान वास्तविक किसानले पाउन नसकेकामा गुनासो गरे । उनले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइएको बताइए पनि खास अर्थमा ती आयोजनाले प्राथमिकता पाउन नसकेको र आवश्यकतानुसार बजेट विनियोजन हुन नसकेको बताए  ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने अर्थतन्त्र निर्माण गर्ने गरी बजेटको प्रबन्ध गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा भाग लिन पाउने व्यवस्था गर्न माग गरे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना एमसिसी ठिक नभएको तर्क गरे  ।


नेकपा (एमाले)का सांसद विद्या भट्टराईले चालु आवको १० महिनामा रु १५ खर्बको आयात हुँदा निर्यात त्यसअनुरुप हुन नसकेको तथ्य पेश गर्दै निर्भरतामुखी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनुपर्ने बताए  ।

उनले  उद्यमशीलताका क्षेत्रहरूलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने, स्वास्थ्यमा लगानी गरी नागरिकको मौलिक हकको कार्यान्वयन गर्नुपर्ने धारणा राखे । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद एकवाल मियाँले चुरेको संरक्षण गर्न तथा समानुपातिक बजेटको प्रबन्ध गर्न तथा विकास निर्माणको कामलाई प्रभावकारी बनाउने गरी नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले जलाशयुक्त आयोजनाको विकास गर्न नसकिएकाले आवश्यक परेको बेलामा ऊर्जाको सङ्कट पर्ने भएकाले यसमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending