लहान । यहाँका चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । यससँगै सिरहाका १७ स्थानीय तहमध्ये ११ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
पछिल्लोपटक सार्वजनिक भएको स्थानीय तहमध्ये तीनमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् भने एउटामा कांग्रेसले जितेको छ । यससँगै हालसम्म एमालेले सिरहामा जितेका स्थानीय तहको सङ्ख्या सात पुगेको छ । जसपाले दुई तथा कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले एक–एक स्थानीय तहमा जित निकालेको छ ।
आज सार्वजनिक अन्तिम मत परिणामअनुसार लहान नगरपालिका प्रमुखमा कांग्रेसका महेशप्रसाद चौधरी र उपप्रमुखमा जसपाका रामचलितर महतो विजयी भएका छन् । चौधरीले २० हजार १०५ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एमालेका मुनी साहले ११ हजार ९६६ मत ल्याए ।
यस्तै उपप्रमुखमा निर्वाचित महतोले १२ हजार ५६९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपप्रमुख एमालेका सरियारदेवी चौधरीले ११ हजार ७९० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोविन्दराज पोखरेलले जानकारी दिए । यस्तै कल्याणपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
प्रमुखमा निर्वाचित एमालेका रामपुकार साहले पाँच हजार ८८३ मत प्राप्त गरेर विजयी हँुदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धर्मनाथ यादवले पाँच हजार ३५३ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्यायले जानकारी दिए ।
उपप्रमुखमा निर्वाचित एमालेकै रेखाकुमारी यादवले पाँच हजार ७३३ मत प्राप्त गर्नुभयो भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धनेश्वरीदेवी मण्डलले पाँच हजार ४७० मत प्राप्त गरे । धनगढीमाई नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
नगर प्रमुखमा एमालेका शिवशङ्कर महतो सात हजार ५६ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस जिल्ला सभापति तथा पूर्वसांसद रामचन्द्र यादवले छ हजार ९०१ मत प्राप्त गरे भने निवर्तमान नगरप्रमुख माओवादी केन्द्रका हरिनारायण चौधरीले चार हजार ३६९ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा कांग्रेसका सङ्गीताकुमारी चौधरीले छ हजार ६१३ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शोभाकुमारी बरालले छ हजार ३७८ मत प्राप्त गरिन् । त्यस्तै सिरहाको नरहा गाउँपालिकाको अध्यक्षमा एमालेका रामप्रमोद यादव र उपाध्यक्षमा उपाध्यक्षमा एमालेकै गुलाबदेवी चौधरी विजयी भएकी छन् ।
अध्यक्षमा दुई हजार ६९५ मतका साथ यादव विजयी हँुदा उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका रामस्वगारथ यादवले दुई हजार ५१७ मत ल्याए । उपाध्यक्षमा निर्वाचत एमालेका चौधरीले दुई हजार ५७१ मतका साथ विजयी हँुदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अरहुलियादेवी यादवले दुई हजार ३२३ मत प्राप्त गरिन् ।
यसअघि सिरहा नगरपालिका, कर्जन्हा नगरपालिका, भगवानपुर गाउँपालिका र विष्णुपुर गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भइसकेका छन् भने सिरहाको नवराजपुर र अर्नमा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष जसपाले जितेको छ । नेकपा (एकीकृत समाजवादी)ले जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष जितेको छ । सिरहाको मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, सुखीपुर नगरपालिका, औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको मतगणना भइरहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: