Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

जनताका सुझावलाई संविधानमा समावेश गराइनेछ – अध्यक्ष नेम्वाङ

\"subash-nembang-400\"काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानको मस्यौदामाथि जनताले दिएका सुझावलाई संविधानमा समावेश गराउन प्रमुख राजनीतिक दलका शीर्ष नेता अहोरात्र रुपमा जुटिरहेको बताएका छन् । नेम्वाङले भने– ‘संविधानलाई अन्तिम रुप दिन शीर्ष नेता गम्भीरतापूर्वक लागिरहनुभएको छ, अब छिट्टै सार्थक परिणाम निस्कन्छ ।’ आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) द्वारा स्थापित ‘आदिवासी जनजाति पुरस्कार २०७२’ वितरण गर्दै अध्यक्ष नेम्वाङले सबै वर्ग, क्षेत्र, समुदायको आफ्नो अपनत्व हुने अग्रगामी संविधान आउने विश्वास व्यक्त गरे । ‘संविधानले पहिचान र समावेशीतालाई बिर्सने छैन, यसमा तपाईहरु ढुक्क हुनुहोस्’– अध्यक्ष नेम्वाङले भने । आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले पहिचान र समावेशीतासहितको संविधान नआएमा महासङ्घलाई मान्य नहुने बताए । कार्यक्रममा विसं २०७२ को फोनिज पुरस्कारबाट सात जना सञ्चारकर्मीलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेमा सुरेशकिरण मानन्धर (सन्ध्या टाइम्स दैनिक), देविका घर्तीमगर (हिमाल खबर), लोकबहादुर गुरुङ र लाल गुरुङ (एबिसी टेलिभिजन), रोजिना लामा (सगरमाथा टेलिभिजन), सन्तोष नेम्वाङ (इलाम एफएम) र कमला चौधरी (रेडियो जागरण) रहेका छन् । अध्यक्ष नेम्वाङले ती सञ्चारकर्मीलाई नगद २० हजारसहित सम्मानपत्र प्रदान गरेका थिए । फोनिजले हरेक वर्ष आदिवासी जनजाति क्षेत्रका सञ्चारकर्मीलाई सम्मान गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending