Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

सत्ताधारी बिरामीहरु संविधान बनाउन चाहँदैनन्ः अध्यक्ष यादव

\"Upendraलम्जुङ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताधारी दलका प्रमुखहरुलाई विरामीको सज्ञा दिँदै उनीहरु जनताको पक्षमा संविधान निर्माण गर्नेमा पक्षमा नरहेको बताएका छन् ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले शनिबार बेसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने– ‘एउटा बिरामी छोड्न मान्दैनन्, अर्को बिरामी पालो कुर्दैछन् । कुर्चीको खेल हो, जनताको संविधान निर्माण गर्ने पक्षमा उनीहरु छैनन् ।’   सत्ताको खेलमा सत्ताधारी दलहरुले जनतालाई धोका दिइरहेको उल्लेख गर्दै उनले अहिलेको संविधानको मस्यौदा खारेज गर्नु पर्ने बताए । पत्रकारहरुसँग साक्षात्कार क्रममा बारम्बार सत्तापक्षिय दलहरु संविधान निर्माणमा गम्भिर नभएको भन्दै उनीहरु स्यंम आफ्नो अडानमा टिक्न नसकेको बताए ।   अहिलेको मस्यौदालाई प्रतिगामी मस्यौदा बताएका उनले जनताले त्यसलाई घोषणा भएको दिनै टिक्न नदिने बताए । संविधान लागु गर्न नदिन तपाईहरुको कस्तो रणनीति हुनेछ त ? भन्ने प्रश्नमा उनले आफुहरुले मस्यौदा र संविधानको विरोधका लागि नै बैद्यसँग एकता गरिएको बताए ।   ‘अहिले जनताको संविधान बन्ने कुनै पनि लक्षण देखिएको छैन् बालुवाटारबाट बन्ने संविधानलाई हामीले मान्न सकिदैन् ।’– अध्यक्ष यादवले भने ।   उनले दलहरुकाबीच सहमति हुन नसक्नुको मुख्य कारण संविधानका विवादित मुद्धा नभएर दलहरुकाबीच पुनःनिर्माण प्राधिकरण र शक्तिशाली मन्त्रालय कस्ले लिने भागबण्डा नमिलेका कारण यस्तो भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending