Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

एमाले केन्द्रीय कार्यालय धुमवाराहीमा सर्‍यो

\"uml\"काठमाडौं । नेकपा (एमाले)को पार्टी केन्द्रीय कार्यालय शनिबारदेखि धुमवाराहीस्थित पासाङ्ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा सरेको छ ।   भूकम्पका कारण मदननगर बल्खुमा सञ्चालन हुँदै आएको भवन क्षतिग्रस्त बनेपछि पार्टीका नियमित काम सञ्चालनका लागि केही समयका लागि कार्यालय सारिएको हो ।   पार्टीले तीन वर्षका लागि प्रतिष्ठानसँग कार्यालय सञ्चालनको सम्झौता गरेको छ । सम्झौतापत्रमा पार्टीका महासचिव ईश्वर पोखरेल र प्रतिष्ठानका महासचिव बच्चुनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।   पार्टी कार्यालय स्थानान्तरणका क्रममा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भूकम्पले पार्टी कार्यालय क्षतिग्रस्त बनाएका कारण केही समयका लागि कार्यालय स्थानान्तरण गर्नुपरेको बताए ।   सकेसम्म निर्धारित समयभन्दा पनि चाँडो आफ्नै भवन निर्माण गरिने उनले जानकारी गराए । देश संविधान निर्माणको महत्वपूर्ण चरणमा बढिरहेको जिकिर गर्दै उनले निर्माणाधीन संविधान शान्ति, लोकतन्त्र, समाजिक न्याय र समानताका लागि उत्कृष्ट हुने बताए ।   नयाँ संविधानसँगै राष्ट्रिय स्वाधीनता, अखण्डतालाई बलियो बनाउँदै देशलाई एकतापूर्ण समृद्ध नेपालका रुपमा विकास गरिने उनले बताए ।   महासचिव ईश्वर पोखरेलले पार्टी कार्यालय क्षतिग्रस्त बनेपछि कार्यालयको वैकल्पिक खोजी भइरहेका अवस्थामा कार्यालय सञ्चालनका लागि पासाङ्ल्हामु पर्वतारोहण प्रतिष्ठानसँग तीन वर्षका लागि सम्झौता गरिएको जानकारी गराउँदै सहयोगका लागि प्रतिष्ठानलाई धन्यवाद व्यक्त गरे ।   पार्टीका सचिव प्रदीप ज्ञवालीले विशेष परिस्थितिमा कार्यालय स्थानान्तरण गर्नुपरेको बताउँदै भवन उपयोग गरेबापत प्रतिष्ठानलाई मासिक एक लाख ५० हजार बुझाउनुपर्ने जानकारी गराए ।   कार्यक्रममा वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टीका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री वामदेव गौतमलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending