Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

नेटोको चेतावनी : युक्रेन-रुस युद्ध युद्ध वर्षौँसम्म चल्न सक्छ

युक्रेनको पूर्वमा रहेका भूभाग नियन्त्रणमा लिन लडाइँ

खबरडबली संवाददाता

काठमाडौं । पश्चिमा विश्वले युक्रेनलाई वर्षौँसम्म चल्न सक्ने लडाइँका लागि निरन्तर सहयोग गर्न तयारी गर्नुपर्ने नेटोका प्रमुखले बताएका छन्।

नेटोका महासचिव येन्स स्टोलटेनबेर्गले युद्धको मूल्य उच्च भए पनि मस्कोलाई उसका सैनिक लक्ष्यहरू पूरा गर्न दिनु अझै घातक हुने बताए।

यूकेका प्रधानमन्त्री बोरिस जोनसनले दीर्घकालीन द्वन्द्वको सामना गर्न तयारी गर्नुपर्ने चेतावनी दिएपछि नेटोका महासचिवको पछिल्लो धारणा आएको हो।

स्टोलटेनबेर्ग र जोनसन दुवैले धेरै अस्त्रहरू उपलब्ध गराइए युक्रेनको विजयको सम्भावना बढ्ने बताए।

"हामीले यो लामो समय चल्न सक्छ भन्ने तथ्यलाई ध्यान दिएर तयारी गर्नुपर्छ। हामीले युक्रेनलाई सहयोग गर्न छाड्न हुन्न," नेटोका प्रमुखले समाचारपत्र बील्डसँग भनेका छन्।

"सैनिक सहयोग मात्रै होइन, बढ्दो ऊर्जा र खाद्यान्नको मूल्यका कारण यसको मूल्य अझ बढी पर्न सक्छ।"

पश्चिमा सैनिक गठबन्धनका प्रमुखले युक्रेनलाई अझ आधुनिक अस्त्रहरू उपलब्ध गराइए त्यसले उक्त देशको पूर्वी डोन्बास भूभाग स्वतन्त्र हुने सम्भावना बढाउने बताएका छन्।

उक्त क्षेत्र हाल रुसी नियन्त्रणमा छ।

थप हतियारको माग

पछिल्लो केही महिनायता रुसी र युक्रेनी फौजहरूले युक्रेनको पूर्वमा रहेका भूभाग नियन्त्रणमा लिन लडाइँ गरिरहेका छन्। हालैका हप्ताहरूमा मस्कोले बिस्तारै कब्जा बढाउँदै गएको छ।

सन्डे टाइम्समा लेख लेख्दै ब्रिटेनका प्रधानमन्त्री जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले "बिस्तारै ध्वंस गर्ने अभियान चलाएको" र "क्रूरताका माध्यमबाट युक्रेनलाई घुँडा टेकाउन चाहेको" बताएका छन्।

लामो युद्धका लागि तयारी गर्नुपर्नेमा जोड दिँदै उनले समय महत्त्वपूर्ण रहेको लेखेका छन्।

उनले थपेका छन्, "सबै कुरा युक्रेनले आफ्नो भूमि रुसले आफ्नो हमला गर्ने क्षमता विस्तार गर्नुभन्दा अघि नै जोगाउने क्षमता अभिवृद्धि गर्न सक्छ कि सक्दैन भन्नेमा निर्भर गर्छ।"

जोनसनले युक्रेनको राजधानी किएभको शुक्रवार भ्रमण गरेका थिए।

त्यस क्रममा उनले आफूलाई पुनः अस्त्रले सुसज्जित गर्ने मस्कोको प्रयासलाई पछि पार्ने हिसाबमा किएभलाई हतियार, गोलीगठ्ठा, बन्दोबस्तका सामग्री र तालिम उपलब्ध गराइनुपर्ने बताए।

हालैका दिनमा युक्रेनी अधिकारीहरूले रुसी फौजहरूलाई पराजित गर्ने हो भने शक्तिशाली हतियारहरूको आपूर्ति बढाइनुपर्ने बताएका छन्।

बुधवार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेस्नीकोभले युक्रेनको रक्षा सम्पर्क समूहका करिब ५० वटा देशका प्रतिनिधिलाई ब्रसल्समा भेटेर थप हतियार र गोलीगठ्ठा उपलब्ध गराउन अनुरोध गरेका थिए।

युक्रेनका पश्चिमा साझेदारहरूले अहिलेसम्म उसलाई मुख्य हतियारहरू उपलब्ध गराइरहेका छन्। तर युक्रेनले आफ्नो रक्षाका लागि आवश्यक हतियारको सानो अंश मात्रै प्राप्त गरेको भन्दै थप शक्तिशाली हतियारहरूको माग गरेको छ।

नेटोको आलोचना

रुसी अधिकारीहरूले बेलाबेलामा नेटोले युक्रेनलाई दिएको सैनिक सहयोगको आलोचना गर्ने गरेका छन्।

बीबीसीलाई अघिल्लो साता दिएको अन्तर्वार्तामा रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले पश्चिमा गठबन्धनमा युक्रेन आबद्ध हुने सम्भावना आक्रमणको प्रमुख कारण रहेको बताएका थिए।

उनले भने, "हामीले विशेष सैनिक कारबाही घोषणा गर्‍यौँ किनभने हामीसँग पश्चिमा विश्वलाई युक्रेनलाई पश्चिमा गठबन्धनमा तान्नु अपराध हो भनेर बुझाउने अरू कुनै उपाय नै थिएन।"

युक्रेन नेटोको सदस्य होइन तर उसले उक्त गठबन्धनमा आबद्ध हुने इच्छा देखाएको छ।

त्यसका लागि कुनै समयसीमा भने तय भएको छैन।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE