Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

नेटोको चेतावनी : युक्रेन-रुस युद्ध युद्ध वर्षौँसम्म चल्न सक्छ

युक्रेनको पूर्वमा रहेका भूभाग नियन्त्रणमा लिन लडाइँ

खबरडबली संवाददाता

काठमाडौं । पश्चिमा विश्वले युक्रेनलाई वर्षौँसम्म चल्न सक्ने लडाइँका लागि निरन्तर सहयोग गर्न तयारी गर्नुपर्ने नेटोका प्रमुखले बताएका छन्।

नेटोका महासचिव येन्स स्टोलटेनबेर्गले युद्धको मूल्य उच्च भए पनि मस्कोलाई उसका सैनिक लक्ष्यहरू पूरा गर्न दिनु अझै घातक हुने बताए।

यूकेका प्रधानमन्त्री बोरिस जोनसनले दीर्घकालीन द्वन्द्वको सामना गर्न तयारी गर्नुपर्ने चेतावनी दिएपछि नेटोका महासचिवको पछिल्लो धारणा आएको हो।

स्टोलटेनबेर्ग र जोनसन दुवैले धेरै अस्त्रहरू उपलब्ध गराइए युक्रेनको विजयको सम्भावना बढ्ने बताए।

"हामीले यो लामो समय चल्न सक्छ भन्ने तथ्यलाई ध्यान दिएर तयारी गर्नुपर्छ। हामीले युक्रेनलाई सहयोग गर्न छाड्न हुन्न," नेटोका प्रमुखले समाचारपत्र बील्डसँग भनेका छन्।

"सैनिक सहयोग मात्रै होइन, बढ्दो ऊर्जा र खाद्यान्नको मूल्यका कारण यसको मूल्य अझ बढी पर्न सक्छ।"

पश्चिमा सैनिक गठबन्धनका प्रमुखले युक्रेनलाई अझ आधुनिक अस्त्रहरू उपलब्ध गराइए त्यसले उक्त देशको पूर्वी डोन्बास भूभाग स्वतन्त्र हुने सम्भावना बढाउने बताएका छन्।

उक्त क्षेत्र हाल रुसी नियन्त्रणमा छ।

थप हतियारको माग

पछिल्लो केही महिनायता रुसी र युक्रेनी फौजहरूले युक्रेनको पूर्वमा रहेका भूभाग नियन्त्रणमा लिन लडाइँ गरिरहेका छन्। हालैका हप्ताहरूमा मस्कोले बिस्तारै कब्जा बढाउँदै गएको छ।

सन्डे टाइम्समा लेख लेख्दै ब्रिटेनका प्रधानमन्त्री जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले "बिस्तारै ध्वंस गर्ने अभियान चलाएको" र "क्रूरताका माध्यमबाट युक्रेनलाई घुँडा टेकाउन चाहेको" बताएका छन्।

लामो युद्धका लागि तयारी गर्नुपर्नेमा जोड दिँदै उनले समय महत्त्वपूर्ण रहेको लेखेका छन्।

उनले थपेका छन्, "सबै कुरा युक्रेनले आफ्नो भूमि रुसले आफ्नो हमला गर्ने क्षमता विस्तार गर्नुभन्दा अघि नै जोगाउने क्षमता अभिवृद्धि गर्न सक्छ कि सक्दैन भन्नेमा निर्भर गर्छ।"

जोनसनले युक्रेनको राजधानी किएभको शुक्रवार भ्रमण गरेका थिए।

त्यस क्रममा उनले आफूलाई पुनः अस्त्रले सुसज्जित गर्ने मस्कोको प्रयासलाई पछि पार्ने हिसाबमा किएभलाई हतियार, गोलीगठ्ठा, बन्दोबस्तका सामग्री र तालिम उपलब्ध गराइनुपर्ने बताए।

हालैका दिनमा युक्रेनी अधिकारीहरूले रुसी फौजहरूलाई पराजित गर्ने हो भने शक्तिशाली हतियारहरूको आपूर्ति बढाइनुपर्ने बताएका छन्।

बुधवार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेस्नीकोभले युक्रेनको रक्षा सम्पर्क समूहका करिब ५० वटा देशका प्रतिनिधिलाई ब्रसल्समा भेटेर थप हतियार र गोलीगठ्ठा उपलब्ध गराउन अनुरोध गरेका थिए।

युक्रेनका पश्चिमा साझेदारहरूले अहिलेसम्म उसलाई मुख्य हतियारहरू उपलब्ध गराइरहेका छन्। तर युक्रेनले आफ्नो रक्षाका लागि आवश्यक हतियारको सानो अंश मात्रै प्राप्त गरेको भन्दै थप शक्तिशाली हतियारहरूको माग गरेको छ।

नेटोको आलोचना

रुसी अधिकारीहरूले बेलाबेलामा नेटोले युक्रेनलाई दिएको सैनिक सहयोगको आलोचना गर्ने गरेका छन्।

बीबीसीलाई अघिल्लो साता दिएको अन्तर्वार्तामा रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले पश्चिमा गठबन्धनमा युक्रेन आबद्ध हुने सम्भावना आक्रमणको प्रमुख कारण रहेको बताएका थिए।

उनले भने, "हामीले विशेष सैनिक कारबाही घोषणा गर्‍यौँ किनभने हामीसँग पश्चिमा विश्वलाई युक्रेनलाई पश्चिमा गठबन्धनमा तान्नु अपराध हो भनेर बुझाउने अरू कुनै उपाय नै थिएन।"

युक्रेन नेटोको सदस्य होइन तर उसले उक्त गठबन्धनमा आबद्ध हुने इच्छा देखाएको छ।

त्यसका लागि कुनै समयसीमा भने तय भएको छैन।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending