Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

बाबुराम भन्छन्– थप अधिकारको लागि लड्दै जान्छौं

\"Baburam\"काठमाडौं । शनिबार मध्यरातमा ६ प्रदेशको सीमाकंनका प्रमुख राजनीतिक दलबीच भएको हस्क्षाक्षरपछि एमाओवादी नेता एवं संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले जनताका सबै सुझाव समेट्न नसके पनि अब महत्वपूर्ण सुझाव समेट्दै भएको सहमतिपछि संविधान बन्ने बाटो खुलेको बताएका छन् । मध्यरातमा भएको सहमतिपछि फेसबुकमा स्टाटस राख्दै डा. भट्टराईले महत्वपूर्ण सुझाव समेट्दा समेट्दै पनि केही अपूर्ण र कमजोरी भए पनि गणतन्त्र संस्थागत हुने बाटोमा नेपाल प्रवेश गरेको र थप अधिकारको निमित लड्दै जाने बताएका छन् । यस्तो छ उनले आशावादी हुँदै फेसबुकमा पोस्ट गरेको स्टाटस : –अन्ततः मध्यरातमा ५ शीर्ष नेता सम्मिलित विशेष समिति सीमांकन सहितको संघीयता र नागरिकता लगायतका जनताका महत्वपूर्ण सुझाव समेटेर संविधानको मस्यौदा परिमार्जन गर्न सफल भएको छ । –प्रत्यक्ष निर्वाचित कार्यकारी र कैलाली जस्ता कतिपय क्षेत्रको सीमांकनमा सहमति जुट्न नसके पनि अब संविधान बन्ने करिब सुनिश्चित भएको छ । –संघीयतामा वहुपहिचान युक्त प्रदेश भए पनि कैलाली, म्याग्दी आदि केही स्थान वाहेक सबैतिर जातीय र भाषिक निरन्तरता कायम गरिएको छ। –नागरिकतामा बाबु र आमाको सट्टा बाबु वा आमाको व्यवस्था गरिएको, महिलाको प्रजनन् स्वास्थ्य मौलिक हकमा थपिएको, राज्यका अंगहरुमा महिला, दलित, अपांगको समावेसी समानुपातिक प्रतिनिधित्व थपिएको आदि महत्वपूर्ण सुधार भएका छन् । –राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने प्रावधान पनि थपिएकोछ । –गुठी समस्या, चलचित्र, अख्तियारको अधिकार क्षेत्र विस्तार, विदेशी DV/PR/Green Card लिनेलाई राजनीतिकरसंवैधानिक नियुक्तिबाट वंचित गर्ने , आदि अन्य केही थप कुरा छन् । –वडाध्यक्षको प्रत्यक्ष निर्वाचन, निजी क्षेत्रको भुमिका विस्तार,सार्वजनिक सम्पत्तिको रक्षा नागरिकको कर्तव्य आदि पनि थपिएका छन् । –\'पूर्ण\' प्रेस स्वतन्त्रता, सुरक्षा परिषदमा मुख्य सचिव र प्रधान सेनापतिको व्यवस्था, सशस्त्र प्रहरी वल को नाउँ  \'सशस्त्र प्रहरी वल, नेपाल\' आदि पनि थपिएका छन् । –त्यसैले संविधान नै नवन्ने हो कि भन्ने आशंका रहिरहेको वेला केही अपूर्णता र कमीकमजोरी सहितकै भए पनि संविधान वन्ने र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने कुरालाई तत्काल उलब्धीमूलक नै मान्नुपर्ला । थप अधिकारको निम्ति त लड्दै जाने हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending