Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

नयाँ संविधान निमार्णमा किन गल्यो एमाओवादी ?

\"moist_election\"काठमाडौं । शनिबार मध्यराती नयाँ संविधानका लागि सिमांकनसहिको ६ प्रदेशमा शीर्ष नेताहरुबिच हस्ताक्षर हुँदा एमाओवादीले यसअघि उठाएको राज्य पुर्नसंरचनाको कुनैपनि विषय समावेश भएन । शीर्ष दलका शीर्ष नेताहरुको आआफ्नै स्वार्थमा केन्द्रित भएर गरिएको सिमांकनमा यसअघि ‘पहिचान र सामथ्र्यका आधारमा संघीयता’ भनेर सबै दलले गरेको सहमति समेत आफैले उल्ट्याए । सिमांकन गरिंदा भौगोलिक प्रतिकुलताको समेत ख्याल नराखिएको मात्रै होइन हाँस्यस्पद र दुभाग्र्यपुर्ण कुरा के छ भने सबै प्रदेशहरुलाई दुष्ट छिमेकी मुलुक भारतसँग जोडिएको छ । यसरी भारतसँग सबै प्रदेशलाई जोडिनुलाई भारतीय स्वार्थ अनुकुल र उसको दबाबका आधारमा सिमांकन भनेर केही दलले लगाएको आरोप झन् पुष्टी हुने भएको छ । संघीयता र नयाँ संविधानमा खास लगाब नभएका तर जनताको दबाब झेल्न नसकेर जान बाध्य भएका कांग्रेस/एमालेलाई प्रदेश या जनअधिकारमा खास चासो नरहनु स्वभाविकै होला । तर, जनयुद्धदेखि जनआन्दोलनमा समेत संघीयतासहितको नयाँ संविधानको मुख्य मुद्धा उठान गरेको एमाओवादी किन गल्यो त ? यो प्रश्न यतिबेला सर्वाधिक चासोको विषय बनेको छ । एमाओवादी स्रोतका अनुसार पहिलो संविधानसभाबाट ११ प्रदेशको सहमति नमान्दा अहिले संघीयता नै गुम्ने भयले माओवादीलाई सताएको छ  । एकातिर संघीयता गुम्ने खतरा अर्कोतिर परिस्थिति लम्बिदै जाँदा धर्मनिरपेक्षता पनि गुम्ने डर उत्तिकै रहेको माओवादी विश्लेषणले काम गरेको छ । दिनानुदिन हिन्दुवादीहरु सडकमा प्रदर्शन गर्न थालेपछि कतै जे जति उपलब्धी हुन खोजेको हो, त्यो पनि गुम्ने त होइन भन्ने आंशकाले एमाओवादी नेतृत्वलाई काम गरेको छ । अर्को सुत्र भन्छ–भारतीय दबाबलाई पनि एमाओवादी नेतृत्वले थेग्न सकेको छैन । भित्रि छलफलहरुमा भारतलगायत नेपालका मुख्य राजनीतिक दलका शीर्ष नेताहरुले पनि एमाओवादी नेतृत्वलाई आतंकित पार्ने काम गरिरहेका छन् । संविधानसभामा संघीयता, धर्मनिरपेक्षता तथा नयाँ संविधानका विरोधीहरुको बहुमत रहनु र तिनले ‘चाहिएको हामीलाई होइन’ भन्ने खालको अभिव्यक्ति दिनुबाट माओवादी झस्किएको हो । एमाओवादीका अध्यक्ष प्रचण्डले यस्तो खतराको संकेत पार्टीका उच्च बैठकहरुमा दिनेसमेत गरेका छन् । उनले छिटोभन्दा छिटो सहमत विषयहरुमा सहमति गरेर संविधान जारी नगर्ने हो भने सबै उपलब्धीहरु गुम्ने खतरा मडारिरहेको बताउने गरेका छन् । पछिल्लो चरण संघीयतालाई थाति राखेर संविधान जारी गर्नेगरी कांग्रेसरएमालेका नेताहरुबिच छलफल चल्नुले पनि एमाओवादीको उक्त आशंकालाई पुष्टी गर्छ । एमाओवादी नेताका अनुसार यसरी संविधानमा सहमति गरेर अघि बढ्नु नै बुद्धिमतापुर्ण हुने बुझाइ जर्वजस्त हुनुले पनि कुनै उदेश्यबिनाको सिमांकनमा एमाओवादी सहमत भएको हो । अहिले हुनसक्ने जति उपलब्धी जोगाएर जाने र संविधानमा लेखिएको  नोटअफ डिसेन्टका आधारमा भोली थप उपलब्धीका लागि संघर्ष गर्ने स्पेस तयार हुने माओवादी नेतृत्वको बुझाईले काम गरेको देखिन्छ । याे पनि पढ्नुहाेस्ः  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending