Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

साउनमा मासुको खपत घट्दो

\"meat_hen\"चितवन । हिन्दूको पवित्र महिना साउनमा चोखो खाने र शिवको व्रत बस्ने भएका कारण कुखुराको मासुको खपतमा २० प्रतिशतको हाराहारीमा कमी आएको छ । व्यवसायीका अनुसार भूकम्पपछि असार महिनामा खपतको अवस्था पूर्ववत् अवस्थामा फर्किए पनि साउन लागेपछि पुनः ओरालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्कर कँडेलका अनुसार देशभर दैनिक पाँच लाखदेखि पाँच लाख ५० हजार किलोसम्म दैनिक उत्पादन र खपत हुने गरेकामा हाल एक लाख किलो मासुको खपत घटेको छ । कृषकलाई साउन महिनामा खपत घट्ने पूर्वसङ्केत हुनेहुँदा उत्पादनमा समेत कमी भएको उनले बताए । हाल बजारमा प्रतिकिलो ताजा मासुको मूल्य रु ३३० रहेको छ भने फार्मबाट जिउँदो कुखुरा रु २३० प्रतिकिलोमा कृषकले बिक्री गरेका छन् । जिल्लामा मात्रै दैनिक एक लाख किलो मासु उत्पादन हुने गर्छ, जसको आधा जिल्लामै खपत हुने तथा आधा प्रमुख सहर र छिमेकी जिल्लामा पुग्ने नेपाल मिट प्रोसेसिङ इन्डस्ट्रिज भरतपुरका प्रबन्ध निर्देशक दीर्घमान श्रेष्ठले बताए । भूकम्पसँगै सो महिनामा खपत ४० प्रतिशतले घट्दा बजार मूल्यमा भारीमात्रामा कमी आएको थियो । कँडेलका अनुसार जेठमा २० प्रतिशत कमी भएको खपत असार महिनामा पूर्ववत् अवस्थामा फर्किएको थियो । साउन सुरु भएयता २० प्रतिशतले खपतमा कमी आएको हो । हिन्दू धर्मावलम्बीले यस महिनाको सोमबार व्रत बस्ने र साकाहार रहने गर्छन् । नेपालमा कुखुरापालन व्यवसाय क्षेत्रमा रु ६० अर्बभन्दा बढीको लगानी रहेको व्यवसायीको भनाइ छ, तीमध्ये मासुका लागि पालिने ब्रोइलर कुखुरापालनका लागि मात्र रु १५ अर्बको हाराहारीमा लगानी भएको कँडेलले बताए । ब्रोइलर कुखुरा सानो स्तरमा पालिने हुँदा ठूलो सङ्ख्यामा स्वरोजगारीको अवसरसमेत मिलेको व्यवसायीको भनाइ छ । कँडेलका अनुसार देशभरमा करिब २५ हजार परिवारले ब्रोइलर कुखुरा पाल्ने गरेका छन् । सानो पुँजीमा ब्रोइलर पाल्न र काटेर बिक्री गर्न सकिने हुँदा साना किसानले आफैँ कुखुरा पाल्ने र मासु बिक्री गर्ने गरेको समेत पाइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending