Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

कोशी अञ्चलमा बहाल कर बापत करोडौं राजस्व गुम्दै

\"Dhankuta\"धनकुटा । कोशी अञ्चलमा घर बहाल करबापत संकलन हुनुपर्ने करोडौं राजस्व गुम्दै आएको छ । घर बहाल कर संकलन गर्दै आएको आन्तरिक राजस्व कार्यालय धरान, सुनसरीले कोशी अञ्चलका पाँच जिल्लाबाट अघिल्लो वर्ष १५ लाख रुपैयाँ मात्रै घर बहाल बापतको राजस्व संकलन गरेको थियो । कोशी अञ्चलका सघन शहरी क्षेत्रले भरिएको सुनसरी जिल्लाको इटहरी, धरान र धनकुटा जिल्ला सदरमुकाम धनकुटा, तेह्रथुमको सदरमुकाम म्याङ्लुङ, संखुवासभाको खाँदबारी र भोजपुर जिल्लाको सदरमुकाममा भएका अधिकांश घरहरु बहालमा लाग्ने गरेका छन् । तर, आन्तरिक राजस्व कार्यालय धरान, सुनसरीका कर अधिकृत प्रकाश निरौलाका अनुसार अघिल्लो वर्षमा कार्यालयले घर बहाल कर भनेर त्यो शिर्षकबाट केबल १५/१५ लाख मात्र उठेको आँकडाले देखाएको बताए । एक सामान्य सर्वेक्षणले सुनसरीको इटहरी चोक देखि एक किलोमिटर आसपासका मुख्य बजार क्षेत्रमा मात्र वर्षमा कम्तीमा १३ अर्ब रुपैयाँ घर भाडामा बसेकाहरुबाट घरधनीले लिने गरेको पाइएको छ । इटहरीमा रहेका व्यापारिक प्रयोजनका लागि बनाएका घरहरुको तीन देखि पाँच तलासम्म भाडामा लाग्ने गरेको छ । बजारको मुख्य क्षेत्रमा रहेका एउटै घरले मात्र कम्तीमा महिनामा पाँच लाख रुपैयाँसम्म घर भाडा लिने गरेको अध्ययनले देखाएको छ । यस्तै, धनकुटाको सदरमुकाम धनकुटा बजार र हिले बजारमा घर बहाल बापत घर धनीले वार्षिक एक अर्ब रुपैयाँ घर भाडा बापतको रकम लिने गरेको पाइएको छ । यहाँ बजार क्षेत्रमा एउटै घर मात्र महिनामा ७० हजारसम्ममा बहालमा लाग्ने गरेका छन् । त्यस्तै, संखुवासभाको सदरमुकाम खाँदबारी र चैनपुर बजार तथा भोजपुरको जिल्ला सदरमुकाममा पनि घर बहालमा लागे बापत घरधनीले वार्षिक डेढ अर्ब रुपैयाँ लिने गरेको पाइएको छ । यहाँ बजार क्षेत्रका व्यापारिक प्रायोजनका लागि बनाइएका एक घरमात्र मासिक ५० हजारसम्ममा बहालमा लाग्ने गरेका छन् । घर बहालमा लागे बापत दस प्रतिशत बहाल कर बुझाउनु पर्छ तर व्यवहारमा त्यो लागू हुन सकेको छैन । राज्यले घर बहाल लिने आर्थिक ऐन बनाएपनि त्यसको अनुगमन र वास्तविकताको खोजी गर्ने संयन्त्र नै तैनाथ नगरेकाले करोडौं राजस्व गुम्ने गरेको छ । राजस्व निकाय जिम्मेवार नभएकाले नै राजस्व यथार्थ घर बहाल कर लिन सक्ने अवस्था सिर्जना नभएको पाइएको छ । यसैबीच घर बहालसम्बन्धी कानुन नभएकाले घरबेटी र डेरावाल दुवै समस्यामा परेका छन् । यी दुवै पक्षबीच अनेक बहानामा जुहारी चल्ने गरेको छ । यस क्षेत्रमा बढ्दो जनसंख्याका कारण डेराको माग अत्याधिक छ । यस क्षेत्रमा व्यापारिक प्रयोजनका लागि कोठाको माग बढी रहेको पाइन्छ । व्यापारिक प्रयोजनका लागि दिइएका कोठामा जब व्यापार फस्टाउँछ अनि अर्को व्यक्तिले बढी पैसा दिने लोभ घरबेटीलाई देखाएपछि थोरै पैसा दिनेलाई हटाउने दाउ पनि हुन्छ । घरबेटीले भाडावालासँग मनोमानी पैसा लिने गरेका छन् । व्यापारिक प्रयोजनका लागि यस क्षेत्रका व्यापारीले एउटा कोठाको मासिक एक लाखभन्दा बढी भाडा तिर्ने गरेको बताउँछन् । महँगो कोठा भाडामा लिएर व्यापार व्यवसाय गर्नेले आजित भएर नेपाल घर बहाल सरोकार संघ गठन गर्न थालेका छन् । संघले उपमहानगरपालिका र नगरपालिकाले आआफ्नो क्षेत्रमा क्षेत्र विभाजन गरि न्यूनतमदेखि अधिकतम घरभाडा निर्धारण गर्न माग गर्दै आएको छ । यहाँ घरबेटीलाई पहिल्यै मोटो रकम दिनुपर्ने समस्या नै मुख्य विकृति रहेको छ । अर्कोतिर, अधिकतर घरबेटी लिखित सम्झौता गर्न चाहँदैनन् । लिखित सम्झौता नहुँदा कुनै नयाँ व्यक्तिले पहिल्यै मोटो रकम दिने अनि पहिले बस्दै गरेकाले मासिक भाडा बढाएर दिन तयार हुँदा घरबेटीबाट कोठा खाली गर्न दबाब आउने गरेको डेराबालहरु बताउँछन् । उपमहानगरपालिका र नगरपालिकाले व्यवस्थित नगर्ने हो भने घरभाडा लिएर व्यापार व्यवसाय गर्ने मर्कामा परिरहने धनकुटा हिलेका व्यवसायी टीकाप्रसाद अधिकारीको भनाइ छ । उद्योग वाणिज्य संघ धनकुटा अध्यक्ष लालचन्द गोङ्वा तामाङले भने राज्यले घर बहालको स्पष्ट नीति नल्याएसम्म समस्या उस्तै रहने बताए । उनका अनुसार अग्रिम रुपमा घरबेटी र व्यापारीबीच सम्झौता नहुँदा समस्या हुने गरेको छ । घर बहालबापत घरबेटीले आन्तरिक राजस्व कार्यालय र उपमहानगरपालिका वा नगरपालिकामा कर बुझाउनु पर्ने नियम छ तर कोशी अञ्चलका केही उपमहानगरपालिका र नगरपालिकाले भने घर बहाल कर लागू गरेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending