Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

लाप्राकमा नियोनिया र रुघाखोकी फैलियो

\"barpak-Gorkha\"गोरखाबजार । भूकम्पपछि लाप्राक गाउँ छाडेर गुप्सीपाखामा बस्दै आएका लाप्राकीहरुलाई रुघाखोकी र निमोनिया रोगले सताएको छ । प्रत्येक टहरोमा बस्दै आएका बालबालिका बिरामी परेका छन् । मणिकामदेवी माविका शिक्षक धनबहादुर गुरुङका अनुसार रुघाखोकीले वृद्धवृद्धालाई पनि सताएको छ । साथै निमोनिया रोगले बालबालिकालाई सताएको उनले बताए । ‘रुघाखोकीले मलाई पनि सताएको एकसाता भयो’ उनले भने, ‘धेरैजसो स्कुले उमेरका बालबालिका बिरामी छन् ।’ चिसोका कारण बिरामी बढेको लाप्राक स्वास्थ्य संस्थाका अहेब समुन्द्र केसीको भनाइ छ । राहतको औषधिले गर्दा बिरामीलाई निको बनाउन सकिएको उनले बताए । उपचारका लागि दिनहुँ ६० जनाको हाराहारीमा बिरामी स्वास्थ्य संस्था आउने गरेको भन्दै अहेब केसीले त्रिपालमुनि चिसो भुइँमा दिनरात कटाउन बाध्य भूकम्पपीडितलाई निमोनियाले सताएको बताए । गुप्सीडाँडामा करिब छ सयवटा टहरोमा लाप्राकका भूकम्पपीडित बसोबास गरिरहेका छन् । टहरो छाउने जस्तापाता र आवश्यक खाद्यान्न सामग्री सरकारले लाप्राकमा भण्डारण गरिराखेको छ । रोगबाट बच्न पानी उमालेर मात्रै पिउन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले आग्रह गरेका छन् । भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँका भूकम्पपीडित बालबालिकामा फैलिएको कमलपित्त रोग ९जन्डिस० नियन्त्रणमा आएको छ । गत असारदेखि बालबालिकामा देखिएको कमलपित्त रोगको भाइरल नियन्त्रणमा आएको बारपाक– ४ का तेजबहादुर घलेले जानकारी दिए । मेवा, फर्सी, उखुलगायत फलफूल, अलिनो तरकारी खुवाएपछि कमलपित्त रोग नियन्त्रणमा आएको तेजबहादुरको भनाइ छ । स्थानीयवासी दिनहुँ बालबच्चा लिएर स्वास्थ्य चौकी धाउँदै आएका थिए । स्वास्थ्य चौकीमा औषधि नपाएपछि उनीहरु जडीबुटी खोज्न जङ्गल पुगेका थिए । कमलपित्त रोगले ग्रसित हुनुभएकी बारपाक– ६ की साढे तीन वर्षीया मेरिस्का घले पनि निको भएकी छन् । उनी आइतबारदेखि पढ्नका लागि विद्यालय गएकी छन् । विद्यालय उमेरका बालबालिकामा देखिएको कमलपित्त रोग पूर्ण रुपमा नियन्त्रणमा आउन अझै केही दिन लाग्ने जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending