Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

पाठकको अभावमा मैथिली साहित्यको पुस्तकको बिक्री शून्य

\"reader\"जनकपुरधाम । सरकारी स्वामित्वमा रहेको साझा प्रकाशन जनकपुर शाखाले बिक्री गर्दै आइरहेको मैथिली साहित्यको पुस्तक पाठकको अभावमा बिक्री प्रभावित भएको छ । आर्थिक वर्ष २०७०/७१ मा १४ लाख मूल्य बराबरको पाठक पुस्तक बिक्री गरेको सो शाखाले उक्त वर्षमा एउटा पनि मैथली साहित्यको पुस्तक बिक्री नभएको गुनासो गरेका छन् । मैथिली साहित्यप्रति पाठकको आकर्षण घट्दै गएको बारेमा साहित्यकार श्यामसुन्दर शशिलाई जिज्ञासा राख्दा उनले पहिलेजस्तो छापिएर आएको साहित्यिक पुस्तक पढ्ने चलन हराउँदै गएकाले मैथिली साहित्यको पुस्तक बिक्री नभएको बताए । धनुषा जिल्लामा करिब ५०० भन्दा बढी विद्यालय रहेका छन् । जसमा मैथिली भाषाको पाठ्यपुस्तक राखिएको छैन । त्यसकारण पनि मैथिली भाषा साहित्यको पुस्तकप्रति आकर्षण घट्दै गएको साहित्यकारको ठहर रहेको छ । साझा प्रकाशन जनकपुर शाखाले बिक्री गर्ने अन्य भाषाको साहित्यिक पुस्तकमध्ये अघिल्लो वर्ष मुनामदनको बिक्री उच्च रहेको थियो । करिब १० हजार पुस्तक मूल्य बराबरको ३३५ थान मुनामदन खण्डकाव्य बिक्री भएको सो शाखाले जनाएको छ । पुस्तक बेचेर कर्मचारीलाई तलब खुवाउनुपर्ने व्यवस्थाको कारण अहिले त्यहा कार्यरत ६ कर्मचारी विगत १० महिनादेखि तलब खान नसकेको शाखा प्रमुख तुलाराम साहले बताए । जनकपुर बजारमा रहेको जानकी पुस्तक भण्डार, मजदुर पुस्तक भण्डार, सरस्वती पुस्तक भण्डार, ज्योति पुस्तक भण्डारजस्ता पुस्तक पसल उधारोमा पुस्तक लग्ने र लामो समयसम्म बक्यौता नतिर्ने भएको कारणले गर्दा पनि साझा प्रकाशन जनकपुर शाखा आर्थिक मारमा परेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending