Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

पहिरोको जोखिममा परेका चौबीस घरधुरी विस्थापित

\"lanslade\"म्याग्दी । म्याग्दीको ओखरबोटमा घर पहिरोको जोखिममा परेपछि २४ घरधुरी विस्थापित भएका छन् । ओखरबोट–९ जुगेपानीमा गएको पहिरोले सातवटा घर भत्किसकेका छन् भने २७ घर जोखिममा परेका छन् । तीन घरपरिवार भने सर्ने ठाउँ नभएकाले जोखिमयुक्त घरमै बस्ने गरेका छन् । तीन वर्षअघि ओखरबोट–८ र ९ मा पर्ने उक्त स्थानमा पहिरो जान सुरु गरेको थियो । बस्तीको तलबाट पहिरोले घर भत्काएपछि नौ परिवार विस्थापित भएर हिउँदमा बस्नलाई बनाएको गोठमा सरेको स्थानीयवासी लालबहादुर बिकले बताए । पहिरोका कारण घर चर्किएका छन् । बारीमा धाँजा फाटेर चिरा परेको छ । सात घर पहिरोका कारण भत्किसकेको र अहिले २४ घरपरिवार विस्थापित भएर गोठ, मकैबारीमा टहरा बनाएर तथा आफन्तकहाँ आश्रय लिएर बसेका स्थानीयवासी यामबहादुर पुनले बताए । उनका अनुसार बस्तीको तलदेखि माथिसम्म धाँजा फाटेकाले पूरै गाउँ जोखिममा परेको छ । अन्य ठाउँमा जग्गा जमिन र गोठ नभएकाले घरनजिकै पहिरो आइपुगे पनि जोखिम मोलेर बसेको स्थानीयवासी साउनी ल्वागनले बताए । उनको जग्गा जमिन पनि पहिरोले लगिसकेको छ । सुरक्षित ठाउँमा जग्गा जमिन नभएकाले ल्वागनसहित तीन परिवार जोखिम मोलेरै पहिरोले भत्काउन लागेको घरमा बसेका छन् । ओखरबोटका पहिरोपीडितलाई टहरा बनाएर अस्थायी बसोबासका एक थानलागि जिल्ला विपद् व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटीले एक पाल उपलब्ध गराइसकेको छ । बस्तीको बीचमा खनिएको सडकको भल र मूलको पानी व्यवस्थापन गर्न नसक्दा गएको ओखरबोटको पहिरो नियन्त्रण गर्न जिल्ला भूसंरक्षण कार्यालय लगायतका निकायले पहल गरे पनि सफल हुन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending