Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार

खबरडबली संवाददाता

भैरहवा । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक्षित उपहार उत्पादन गरेर बिक्री वितरण गर्ने भएका हुन् । 

लुम्बिनीका स्थानीयवासीलाई बुद्ध कला, साहित्य र संस्कृति झल्किने उपहारका सामग्री उत्पादनमा आर्थिक र प्राविधिक सहयोग प्रदेश सरकार र पर्यटन व्यवसायीले गरेपछि सो को तयारी गरिएको हो । यसरी उत्पादन हुने उपहार पर्यटकलाई बिक्री  वितरण गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ । लुम्बिनीमा बिक्री वितरण हुने बुद्धसँग सम्बन्धित सामग्री स्थानीय उत्पादन भएपछि आर्थिक र सामाजिक रुपमा  लुम्बिनीवासी मजबुद हुने लुम्बिनी सांस्कृति नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दाले पवित्र लुम्बिनीको माटो–पानी प्रयोग गरेर उपहार सामग्री बनाउन सुरु गरेपछि लुम्बिनी घुम्न आउने पर्यटक लाभाम्वित हुने भएका हुन् । यसले लुम्बिनीको प्रचार हुने छ । लुम्बिनी प्रदेश सरकारको सहयोग र लुम्बिनी होटल सङ्घको सहकार्यमा बुद्ध जन्मस्थलको माटो र पानी प्रयोग गरेर विभिन्न उपहार सामग्री बनाउन सिकाइको छ । पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत रहेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीले स्थानीयवासीलाई सो तालिम दिएपछि बुद्ध उपहार उत्पादनमा सम्भव देखिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

संसारभर लुम्बिनीकोे माटो र पानी प्रयोग गरेर बनाइएका उपहार सामग्रीले बढी महत्व राख्ने भएकाले सीप सिकाइएको लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । लुम्बिनीको माटो र पानीलाई आकार दिएर विभिन्न सिर्जना गर्ने ज्ञवालीले जानकारी दिए । त्यसैका लागि काठमाडौँलगायत स्थानबाट दक्ष कालीगढ ल्याएर उपहार निर्माण गर्न सिकाइएको हो । यो सीपसँगै लुम्बिनीका स्थानीयवासीले पनि स्वारोजगार हुने अवसर प्राप्त गरेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending