Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

नमूना विद्यालयमै छैन खेलमैदान

खबरडबली संवाददाता

भजनी   कैलालीको भजनी नगरपालिकाले चकुलिया स्थित केदारेश्वर आधारभूत विद्यालयलाई नमूना विद्यालयका रूपमा घोषणा गरेको छ ।

‘एक वडा, एक नमूना विद्यालय’को अवधारणाअनुसार सो विद्यालयलाई नमूना विद्यालय घोषणा गरिएको थियो । विद्यालयसँग व्यवस्थित खेलकुद मैदान छैन । राजनीतिक दाउपेचका कारण विद्यालयको जग्गामा सडक निर्माण भएपछि विद्यार्थीलाई खेलकुदका लागि मात्रै होइन, पठनपाठनमा समेत निकै समस्या हुन थालेको छ । सडकको नक्सा भएको क्षेत्र कुनै व्यक्तिको कब्जामा रहेको र नक्साअनुसार सडक निर्माण गर्दा आफ्नो राजनीति बिग्रने डरले स्थानीय जनप्रतिनिधिले त्यो जोखिम लिन नचाहेको बताइएको छ ।

विद्यालयको आँगनबाटै सडक निर्माण भएपछि सवारीसाधनको आवाजले पठनपाठनमा समस्या हुने गरेको छ भने अर्कातिर दुर्घटनाको जोखिम बढेको छ । विद्यालयसँग करोडौँका संरचना निर्माण भएका छन् तर, घेरापर्खाल छैन । विद्यालयका कागजात तथा अन्य सामग्री पनि निकै असुरक्षित छन् । विसं २०४५ मा स्थापना भएको विद्यालयसँग १५ कठ्ठा जग्गा थियो । त्यसबाट केही जग्गा सडकमा विलय भइसकेको छ भने १५ कठ्ठा जग्गामा सबै ऐलानी छ ।

“हामीसँग ५३२ विद्यार्थी छन् । तिनलाई बिहानको समयमा प्रार्थना गराउन, खेलकुद सिकाउनका लागि मैदान नै छैन । भन्न नमूना विद्यालय भनिएको छ तर काम नमूना गर्न सकिएको छैन”, विद्यालयका प्रधानाध्यापक पदमबहादुर शाहीले भने, “आज सडकको समस्याका कारण प्रदेशबाट विनियोजन भएको रकम फिर्ता गयो । विद्यालय नमूना छ, संरचना र विद्यार्थी निकै असुरक्षित छन् ।”

उनका अनुसार अझै पनि विद्यालयको नाममा जग्गा छैन । ऐलानी जग्गा भएकै कारण पनि स्थानीयवासीले विद्यालयको जग्गा अतिक्रमण गर्दै यहाँ पुगेको प्रअ शाहीले बताए  । अहिलेसम्म विद्यालयमा पाँच व्यवस्थापन समितिका अध्यक्ष फेरिए भने तीन प्रधानाध्यापक । 

भजनी नगरपालिकाका मेयर केवल चौधरीले १० वर्ष सोही विद्यालयको  प्रधानाध्यापक भएर सेवा गरेका थिए । आफ्नो कार्यकालमा उनले  पनि अतिक्रमणमा परेको विद्यालयको जग्गा फिर्ता ल्याउन सकेनन् । “वर्तमान नगरप्रमुखले पहिले निकै प्रयास गर्नुभएको थियो । उहाँको कुरालाई सुनिदिने कोही भएन ।” प्रधानाध्यापक शाहीले भने, “निवर्तमान नगरप्रमुखले पनि सडकको समस्या समाधान गर्ने बोल्नुभयो, गर्नु भएन । सबैले बोले काम कसैले गरेनन् । समस्या विद्यालय प्रशासन र विद्यार्थीलाई भएको छ ।”

नगरप्रमुख  चौधरीले विद्यालयका लागि धेरै प्रयास गर्दा पनि सफल हुन नसकेको बताए । उनले  विद्यालय सार्नेसम्मको प्रयास आफूले गरेको सुनाए । “ राम्रो काम गर्नेको पछाडि कसैको साथ नहुनेरहेछ । अगाडि सहमति जनाउने पछाडि गएर विरोध गर्नेहरूका कारण समाज परिवर्तनको बाधक बनेको छ ।” नगरप्रमुख चौधरीले भने, “अझै पनि विद्यालयको व्यवस्थापनका लागि र सडकको समस्या समाधानका लागि प्रयास हुन्छ । अहिले सडककै कारण विद्यार्थीलाई निकै समस्या हुने गरेको छ ।”

नमूना विद्यालयका लागि नगरपालिकाले पहिलो वर्ष रु सात लाख बजेट विनियोजन ग¥यो । त्यसपछि रु चार लाखमा झरेको नगरपालिका त्यसपछिको वर्ष रु दुई लाखमा झ¥यो । चालु आव त नमूना विद्यालयले नगरपालिकाबाट बजेट नै पाउन सकेन । आउँदो आवका लागि पनि नमूना विद्यालयलाई बजेट छैन । “नमूना विद्यालय घोषणा ग¥यो । नमूना विद्यालयका लागि चाहिने आधारभूत आवश्यकता अझै पूरा हुनसकेका छैनन् । एक–दुई लाखले नमूना विद्यालय बनाउन सकिँदैन । त्यसका लागि शैक्षिक सुधारका लागि पर्याप्त बजेटको व्यवस्थापन हुन सक्नुपथ्र्यो ।” प्रधानाध्यापक शाहीले भने, “नामले मात्रै नमूना भएर हुँदैन, आधारभूत कुरा पूरा गर्न सकेपछि र शैक्षिक गुणस्तरलाई माथि उठाउन सकेपछि मात्रै नमूना मान्न सकिन्छ ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy