Ntc summer Offer
Khabar Dabali २४ माघ २०८१ बिहीबार | 6th February, 2025 Thu
Investment bank

गर्भनर अधिकारीबारे नयाँ खुलासा, ऐन बिपरित अपुग शैक्षिक योग्यताका साथ गर्भनरमा नियुक्त भएका थिए

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्र बैंक ऐन, २०५८ बिपरित नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य रहेका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतासमेत अपुग रहेको भेटिएको छ ।

राष्ट्र बैंक ऐनले गभर्नर हुनका लागि स्नातकोत्तर उत्तिर्ण हुनुपर्ने अनिवार्य सर्त राखेको छ । तर, गभर्नर अधिकारीले अर्थ मन्त्रालयमा गत बैशाखमा बुझाएको व्यक्तिगत बिबरण (बायोडाटा) मा स्नातक तह मात्रै पास भएको बिबरण पेश गरेका छन् । उनले पेश गरेको व्यक्तिगत बिबरणअनुसार सन् १९८९ मा काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेका हुन् ।

उनले भारतको एक चाटर्ड एकान्टेन्ट पढाई हुने कलेजबाट सन् १९९३ मा ‘सिए’ पढाई सकेको जनाएका छन् । सिए अध्ययनलाई स्नातकोत्तर उत्र्तिण सरह मान्यता हुने दाबी गर्दै उनले गभर्नर पदमा २४ चैत, ०७६ मा नियुक्ती लिएका थिए ।

तर, नेपाल सरकारले सिए अध्ययनलाई स्नातकोत्तर तहको मान्यता दिने बिषयमा कुनै निर्णय नगरेको त्रिभुवन विश्वविद्यलय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले जानकारी दिएको छ ।