परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का चारवटा पानी उद्योगको गुणस्तर परीक्षणको लागि नमूना सङ्कलन गरिएको छ । बजारमा बिक्री वितरण भइरहेको जार तथा बोत्तलको पानीको गुणस्तर नभएको जनाउँदै उपभोक्ताले गुनासो गरेपछि संयुक्त जिल्ला बजार अनुगमन समितिको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले पानीको गुणस्तर परीक्षणको लागि नमूना सङ्कलन गरेको हो ।
नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन समितिले जिल्लामा सञ्चालित पानी उद्योगको अनुगमन गरी नमूना परीक्षणको लागि पठाएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गङ्गाधर पाण्डेले जानकारी दिए ।
सरावल गाउँपालिका–२ स्थित शिवगङ्गा वाटर इण्डष्ट्रिज, सरावल–१ स्थित आरोग्य हर्बल उद्योग, प्रतापपुर गाउँपालिकास्थित नवदुर्गा वाटर कुलिङ उद्योग र बर्दघाट नगरपालिका–७ स्थित नेवा एक्वा उद्योगबाट उत्पादित जार तथा बोत्तलको पानी परीक्षणको लागि नमूना सङ्कलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमलकुमार दाहालले बताए ।
अनुगमन गर्दा केही पानी उद्योगले खाद्य अनुज्ञापत्रसमेत नलिएको पाएकोले तत्काल अनुज्ञापत्र लिएर मात्र पानी उत्पादन गर्न निर्देशन गरिएको उनले जानकारी दिए । परीक्षण गर्दा गुणस्तरमा कमी देखिए कारबाही प्रक्रिया अघि बढाउने कार्यालयले जनाएको छ । उद्योगले बजारमा पठाउन तयारी अवस्थामा राखेका जार पुराना, कुच्चिएका र लेवल नभएको अवस्थामा अनुगमन समितिले फेला पारेको छ ।
नवदुर्गा पानी उद्योग प्रतापपुरले बजारमा पठाउन तयार पारेको ३५ वटा जारमा लेउ लागेको, धेरै पुरानो तथा कुच्चिएको अवस्थामा फेला परेपछि तत्काल जफत जरी नष्ट गरिएको सहायक प्रजिअ अर्यालले जानकारी दिए । उक्त उद्योगले खाद्य अनुज्ञापत्रसमेत नलिएको पाइएको छ ।
पाल्हीनन्दन गाउँपालिका–३ मा सञ्चालित शीतल जल पानी उद्योग बेलाशपुर र त्रिवेणी एक्वा उद्योग कुश्मालाई पनि खाद्य अनुज्ञापत्र र दर्ता प्रमाणपत्रसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको छ । जिल्लामा ११ पानी उद्योग सञ्चालनमा रहेका छन् तर अधिकांश मापदण्डविपरीत सञ्चालनमा रहेको अनुगमन समितिले जनाएको छ । अधिकांश उद्योगले साइनबोर्ड नराख्ने, जारको पानीमा लेवल उल्लेख नगर्ने, अनुज्ञापत्र बिनै उत्पादन र विक्री वितरण गर्ने गरेको पाइएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: