Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्छ: राष्ट्रपति भण्डारी

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्ने बताएकी छन्  । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताइन्  । 

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जाति भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विज्ञान प्रविधिबाट स्वास्थ्य सेवाले लाभ लिनुपर्ने विचार व्यक्त गरिन्  । “स्वास्थ्य र शिक्षाकै लागि गाउँबाट सहरमा जानेको सङ्ख्या बढ्न थालेकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ, स्तरीय स्वास्थ्य सेवा सबैले पाउने हक संविधानले सुनिश्चित् गरेको छ, संस्थानले पनि दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न योगदान गरेर गुन लगाएको छ”, राष्ट्रपति भण्डारीले भनिन् । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले ग्रामीण भेगमा स्वास्थ्य सेवा पु¥याउन कठिन भएको उल्लेख गर्दै संविधानमा मौलिक हकका रुपमा स्थापित गरिएको आधारभूत स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनमा चुनौती थपिएको बताइन् । 
 
“कोरोनाविरुद्धको खोपमा नेपालले सफलता हासिल गरेको छ, अहिले फेरि कोरोना बढ्न थाले पनि पहिले जस्तो समस्या नहुने गरी स्वास्थ्य पूर्वाधार स्थापना भएको छ, सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएको छ, हालसम्म कोरोनाबाट ११ हजार ९५२ नेपालीको ज्यान गएको छ”–उनले भनिन् । मुटुको सर्जरी, कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमै हुन थालेकाले स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको मन्त्री खापुङको भनाइ थियो । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले संस्थानअन्तर्गत प्रतिदिन बहिरङ्ग सेवामा दुई हजार ३०० र अन्तरङ्ग सेवामा ७०० जनाले उपचार लिइरहेको जानकारी दिइन् । संस्थानका डीन प्रा डा दिव्यसिंह साहले ३०१ शय्याबाट सुरु भएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा हाल एक हजार शय्या पुगेको जानकारी गराइन् । संस्थानमा हाल स्नातक तहदेखि विद्यावारीधिसम्म अध्ययन गर्ने व्यवस्था गरिएको छ । 

 सन् १९७२ मा जापान सरकारको सहयोगमा त्रिवि शिक्षण अस्पताल स्थापना भएको हो । संस्थानअन्तर्गत हाल देशभर सात आङ्गिक, एक केन्द्रीय क्याम्पस र १५ सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन् । विश्वविद्यालयले हाल कीर्तिपुरमा संस्थानलाई ३०० रोपनी जग्गा उपलब्ध गराएको छ । उक्त जग्गामा स्वास्थ्य र शिक्षाको विशिष्ट सेवा दिने लक्ष्य राखिएको छ । 

संस्थानअन्तर्गत हाल चिकित्सा क्षेत्रका करिब ५० विधाको अध्ययन, अध्यापन एवं अनुसन्धानको काम भइरहेको छ । कार्यक्रममा संस्थानका पूर्व डीन प्रा डा मोहिन साह, प्रा डा हेमाङ्ग दीक्षित, प्रा डा गोपालप्रसाद आचार्य, प्रा डा मदनप्रसाद उपाध्याय, प्रा डा भीष्मराज प्रसाइँ, प्रा डा हरिगोविन्द श्रेष्ठ, प्रा डा अरुण सायमी, प्रा डा धर्मकान्त बाँस्कोटा, प्रा डा राकेशप्रसाद श्रीवास्तव, प्रा डा केशवप्रसाद सिंह र प्रा डा जगदीशप्रसाद अग्रवाललाई सम्मानसमेत गरिएको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending