Ntc summer Offer
Khabar Dabali २२ कार्तिक २०८१ बिहीबार | 7th November, 2024 Thu
Investment bank

मधेस प्रदेशको पूर्वपश्चिम लोकमार्गमा सिसीटिभी

खबरडबली संवाददाता
सर्लाही । पूर्वपश्चिम लोकमार्गका साथै बिपी लोकमार्गमा सिसीटिभीबाट निगरानी गर्न थालिएको छ । पथलैयास्थित मधेस प्रदेश ट्राफिक कार्यालयले सडकमा गुड्ने सवारी साधनलाई  सिसीटिभीमार्फत निगरानी गर्न थालिएकोे हो ।  पूर्व–पश्चिम र लोकमार्गमा गुड्ने सवारी साधनको तीव्रतामा निगरानी गर्न सिसीटिभी प्रयोगमा ल्याइएको उक्त कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए । उनका अनुसार सडकमा तीव्र गतिमा गुडेको सवारी साधनलाई निगरानी गर्न समस्या देखिएपछि सिसीटिभीको फुटेज प्रयोग गरी कारबाही सुरु गरिएको हो । 
 
मधेस प्रदेशको पाँच स्थानमा सिसीटिभी जडान गरिएको र सवारी साधनको गति सोहीअनुसार मापन गरिएको प्रहरी उपरीक्षक गुरुङले बताए । सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत उक्त कार्यालय जिल्ला ट्राफिक प्रहरी कार्यालयको बारा, महोत्तरी, सिरहा र सप्तरीमा गरी पाँच स्थानमा सिसीटिभी विथ रडारगनसमेत जडान गरिएको छ । सिसी टिभीको जडानले दुर्घटना गरेर भाग्ने सवारी साधनको पहिचान खुल्न सजिलो हुनाका साथै तीव्र गतिमा सञ्चालित सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन सहज भएको सप्तरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमलजङ्ग थापाले बताए ।
 
प्रायः जङ्गल क्षेत्रमा पर्ने हाइवे सडकखण्डमा सवारी साधनले दुर्घटना गरी भाग्नेलाई कारबाही गर्न र कुनै समस्यामा पर्नेलाई सिसीटिभीमार्फत निगरानी गर्न सजिलो भएको बारा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिए । चालु आर्थिक वर्षको फागुनदेखि सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को परिच्छेद–३ को नियम १८ उपनियम ५ मा व्यवस्था भएभन्दा बढी गतिका सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही सुरु गरिएको र सिसीटिभीको फुटेजमार्फत त्यस्ता सवारी साधनलाई कारबाही गर्न झन सहज भएको सिरहा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक टुकेन्द्र श्रष्ठले बताए ।
 
राडारगन र सिसीटिभीको माध्यमले बढी गतिका सञ्चालित यात्रुबाहक सवारी साधन, मोटरसाइकल र मालबाहक सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले उल्लेख गरे । उनका अनुसार तीव्र गतिले सडकमा गुडेको सवारी साधनलाई सिसीटिभी फुटेजमार्फत कारबाही गर्न सहज हुनाका साथै राजस्व पनि वृद्धि भएको छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy