Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

गोसाइँकुण्ड मेलाका लागि खाद्यान्न ढुवानी सुरू

खबरडबली संवाददाता

रसुवा । पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्न निलाद्री पर्वत पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गर्न थालेका छन् ।

यही साउन २७ गते जनैपूर्णिमा लाग्ने गोसाइँकुण्डको विशेष धार्मिक मेलामा १५ हजार भक्तजन आउने गोसाइँकुण्ड क्षेत्र विकास समितिले आकलन गरेलगत्तै धार्मिक मार्गका होटल व्यवसायीले खाद्यान्न जोहो गर्न थालेको लौरी विनायकका व्यवसायी पासाङ ग्याल्पो तामाङले बताए  ।

धुञ्चेमा ४३, तिवारी  बगरमा  दुई, खन्तिमा दुई,  देउरालीमा एक, डिम्सामा दुई, चन्दनबारीमा सात, चोलाङपाटीमा दुई, लौरी विनायकमा तीन र गोसाइँकुण्डमा चार गरी यी नौ स्थानको धार्मिक मार्गमा ६७ स्थायीरूपले बनेका होटल तथा लज रहेको होटल व्यवसायी सङ्घले जनाएको छ ।
  
गोसाइँकुण्ड जाने धार्मिक यात्रुलाई खान तथा बस्न कुनै समस्या नपर्ने होटल सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले जानकारी दिए  । एकैसाथ स्थायी होटलले नथेग्ने समस्या आएमा अस्थायी छाप्रो थर्कुको व्यवस्था हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

खाद्य सामग्री भरिया तथा खच्चर, घोडाद्वारा ढुवानी भइरहेको र करिब ५० बोरा चामल गोसाइँकुण्ड पुगिसकेको बताइएको छ । थप चामलसहित अन्य सामग्री ढुवानी भइरहेको जनाउँदै व्यवसायी तामाङले गोसाइँकुण्डमा मात्रै १५० बोरा चामल खपत हुने अनुमान गरे  ।
 
गोसाइँकुण्ड मेलाका लागि चाउचाउ, बिस्कुट, दालमोठ, चिउरा, पानी, काजु, बदामजस्ता सामग्रीसमेत होटलबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको व्यवसायीले बताएका छन् । कोभिड–१९ का कारण दुई वर्षसम्म यात्रुको भीड हेर्न नपाएका स्थानीय व्यवसायी यस वर्ष भक्तजनको स्वागत गर्न आतुर देखिएका छन् । 

यही साउन २३ गते पुत्रदा एकादशीबाट स्नान सुरू भई २७ गते समापन हुने जनैपूर्णिमा मान्न २२ गते नै भक्तजन गोसाइँकुण्ड पुग्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए  । तीर्थ गर्न आएका भक्तजनले लौरीको नाममा वनस्पति नकाट्न र फोहर जथाभावी नफाल्न लाङटाङ राष्ट्रिय निकुञ्जले अनुरोध गरेको छ ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending