Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

दोषीबाट ४ करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी

खबरडबली संवाददाता
म्याग्दी । म्याग्दी जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलामा दोषी ठहरिएकाहरुबाट  ७८२ वर्ष दुई महिना १४ दिन कैद र रु चार करोड ३६ लाख ९६ हजार ८८३ जरिवाना असुल उपर गर्न बाँकी छ । 
 
कार्यान्वयन गर्न बाँकी मुद्दा विसं २०५५ देखि यताका फैसलाका हुन् । गत आर्थिक वर्षमा ४८० वर्ष नौ महिना २३ दिन कैद र रु एक करोड ८४ लाख ८९ हजार ६०३ जरिवाना असुलउपर भएको  अदालतका नायब सुब्बा ताराबहादुर थापाले बताए  । 
 
“गत आवमा अघिल्लो आर्थिक वर्षदेखि  जिम्मेवारी सरेर आएका १४ र गत आवमा थपिएका ३१ वटामध्ये गत आवमा ३३ वटा मुद्दाको फैसला कार्यान्वयन भएको छ,” उनले भने, “फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी, स्थानीय प्रशासन, मालपोत, नापी, स्थानीय तह र वडा कार्यालयमा लगत पठाएर सहयोग माग्नाका साथै विभिन्न समयमा कर्मचारी खटाउने गरिएको थियो ।” 
 
दोषीलाई पक्राउ गरेर ल्याउनेलाई जरिवानाको २५ प्रतिशत र कैद सजायको एक महिनाको रु १५० का दरले प्रोत्साहन रकम उपलब्ध गराइने व्यवस्था छ । व्यक्ति पहिचान हुन नसक्नु, विदेश तथा बसाइँसराइ गरेर जानु, समुदायबाट पर्याप्त सहयोग नहुनु, स्रोतसाधन र जनशक्तिको अभावका कारण फैसला कार्यान्वयनमा समस्या देखिएको छ ।
 
जिल्ला अदालतले आर्थिक वर्ष २०७८÷७९ मा ४७९ मुद्दा फछ्र्यौट गरेको थियो । अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेका १९१  र त्यस वर्ष ४३९ वटा मुद्दा दर्ता भएका थिए । अदालतका स्रेस्तेदार तेजनारायण पौडेलले ४७९ मुद्दा फछ्र्यौट र १५१ वटा आर्थिक वर्ष २०७९÷८० का लागि जिम्मेवारी सरेको जानकारी दिए  । “अठार महिनाभन्दा बढी समय नाघेका मुद्दाको सङ्ख्या शून्य छ,” उनले भने, “मुद्दाको चाप बढे पनि कार्ययोजना बनाएर जति सक्दो छिटो मुद्दा फछ्र्यौट गर्ने गरेका छौँ ।” स्रेस्तेदार पौडेलका अनुसार चालु आर्थिक वर्षमा जिम्मेवारी सरेकामध्ये ३० वटा मुद्दा एक वर्षदेखि १८ महिना भित्रका हुन् । 
 
आर्थिक वर्ष २०७७/७८ मा ४३६ मुद्दा दर्ता भएकामा २४५ र आर्थिक वर्ष २०७६÷७७ मा ३३१ मुद्दा दर्ता भएकामा १७८ फछ्र्यौट भएका थिए ।  सबैभन्दा बढी सम्बन्ध विच्छेदका ३०५ मुद्दा दर्ता भएकामध्ये  २६४, अंशसम्बन्धी ४४मध्ये २१, लेनदेनसम्बन्धी ४६मध्ये२३, जबर्जस्ती करणीका २३ मध्ये १० र सवारी ज्यानका १५ मध्ये १० वटा फछ्र्यौट भएका थिए । 
 
जिल्ला न्यायाधीश तेजनारायण पौडेलले पछिल्लो समय सम्बध विच्छेदका मुद्दा बढेका र चेक अनादरसम्बन्धी मुद्दा आउन थालेको बताए  । गत वर्ष १३ चेक अनादरसम्बन्धी मुद्दा दर्ता भएकामा चार, अपुतालीसम्बन्धी दुईमध्ये दुबै, घरेलु हिंसाका सातमध्ये पाँच, जालसाँजीका आठमध्ये दुई, जबर्जस्ती करणी उद्योगका पाँचमा सबै, कर्तव्य ज्यानका नौमध्ये  पाँच र ज्यान मार्ने उद्योगका नौमध्ये सात मुद्दा फछ्र्यौट भएका थिए । आधुनिक जीवनशैली, सहरी क्षेत्रमा बसाइँसराइ, पारिवारिक विचलन, आर्थिक हिनामिना र बालविवाहका कारण लगायत  वैदेशिक प्रयोजनका लागि पनि सम्बन्ध विच्छेद हुने गरेको छ । जापान, अस्टे«लिया, क्यानडा, अमेरिकालगायत देशमा डिपेन्डेन भिसामा जानका लागि सम्बन्ध विच्छेद गर्नेहरु पनि रहेका छन् । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending