Khabar Dabali १ भाद्र २०७९ बुधबार | 17th August, 2022 Wed

सवारीसाधनको नम्बर प्लेटमा नेपाली भाषा लेख्न बारको माग

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल बार एशोसिएसनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि)मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ । बारका महासचिव अधिवक्ता अञ्जिता खनालले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्वर्द्धन गर्ने गराउने कार्यमा लाग्नका लागि उक्त व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।
      
“यातायात व्यवस्था विभागबाट सवारीसाधनको नम्बर प्लेटमा अङ्ग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल छ”, विज्ञप्तिमा भनिएको छ, “जुनसुकै तर्क वा आधार र कारणमा पनि संविधानले आत्मसात गरेको भाषालाई प्रतिस्थापन गर्ने गरी प्रत्यक्ष वा परोक्षरुपमा कुनै पनि कार्य गर्न मिल्दैन ।”

नेपालको संविधानको धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन्’ भनिएको छ । संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनिएको छ । त्यस्तै नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्नसक्ने उल्लेख छ ।

बारको कार्यसमिति बैठकले नेपाली नागरिकले सदियौँदेखि प्रयोग गरी आएको भाषा प्रयोग नगरी अन्य भाषा प्रयोग गरिनु भनेको नेपाली नागरिकको भाषासम्बन्धी संविधानले प्रत्याभूत गरेको संवैधानिक हकको हनन् भएको ठहर गरेको छ ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुलुकको स्थिरताका लागि पाँच दलीय गठबन्धन कायम रहन्छ: मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताएका छन्  ।  स...

कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित एकजना पक्राउ

काठमाडौँ । प्रहरीले सालकको खपटासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ कपुरधाराबाट दुई किलोग्राम ...

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन

कलैया । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८÷७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने दु...

मुख्यमन्त्री राईद्वारा स्वास्थ्य मापदण्ड ख्याल गरेर रथयात्रामा सम्पन्न गर्न आग्रह

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न प्रदेश नं १ स...

स्थानीयको निरन्तर अवरोधकै बीच उपत्यकाको फोहर व्यवस्थापन

काठमाडौँ । स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौँ महानगरपािलकाले आज पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहर व्यवस्थापन गरेको छ  ।   कहिले बाटो मर्मतको...

भाइरल ज्वरोले स्वास्थ्यकर्मीसमेत बिरामी

खोटाङ । जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । हप्ता दिनयता अधिक ज्वरो आउने, टाउको, जोर्नी, घाँटी दुख्ने, शरीर थाक्ने र ...

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि...

बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा  थापेको पासोमा चितु...

कमल थापा भन्छन्– गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन

'गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो'

आज सुनचाँदी दुबैको मुल्यमा गिरावट, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं ।  आज (बुधबार) नेपाली बजारमा प्रतितोला सुनको मूल्य पाँच सयले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनससार आज सुनको मूल्य तोलामा ५०० ...

मन्त्रालयद्वारा ‘हेमोडायलासिस सेवा’ सञ्चालन गर्न निर्देशन

झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई ‘हेमोडायलायसिस’ सेवा  आफै सञ्चालन  गर्न निर्देशन दिएको छ ।   मन्त्रालय...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page