श्रावण २५ गते, २०७२ सोमवार 10th August, 2015 Mon१२:१६:२९ मा प्रकाशित
अहिलेको समयमा सायद त्यस्ता कोही पनि व्यक्ति नहोलान् जसलाई सोसल मिडिया बारे जानकारी नहोस् । अझ फेसबुककको कुरा गर्ने हो भने बालकदेखि वृद्धसम्म सबैले एउटा अकाउन्ट बनाएका हुन्छन् र दिनमा कम्तीमा पनि एकपटक यसमा टहल्ने गर्दछन् । यसलाई मानव जीवनको एक महत्वपूर्ण हिस्सा भन्दा फरक नपर्ने स्थिती अाइसकेकाे छ ।
मार्क जुकरवर्गले आफ्नो कम उमेरमा नै सोसल नेटवर्किङ साइटको सुरुवात गरेका थिए । आउनुहोस्, आज हामी तपाईंलाई फेसबुकसँग सम्बन्धित केही अचम्मका तथ्य बारे बताउँदै छौं । बराक ओबामाले जीतेको पोष्टमाथि फेसुबकमा सबैभन्दा बढि लाइक आएको थियो । यसले चार लाखभन्दा बढि लाइक पाएको थियो । तपाईंलाई अचम्म लाग्ला तर यो वास्तविक हो कि यदि तपाईं फेसुबकको कुनै अकाउन्ट ह्याक गर्नुहुन्छ भने तपाईंलाई पैसा दिइन्छ जुन कम्तिमा पनि ४९ हजार ७ सय ६८ नेपाली रुपैयाँसम्म हुनसक्छ ।
१. फेसबुकको २५ प्रतिशतभन्दा बढि प्रयोगकर्ताहरु कुनै पनि प्रकारको ‘प्राइभेसी कन्ट्रोल’ लाई मान्दैनन् ।
२. फेसबुकसँग जोडिएका प्रत्येक मानिससँग औसतमा १ सय ३० मानिसहरु जोडिएका हुन्छन् ।
३. फेसबुकसँग मासिक ८ सय ५० मिलियन प्रयोगकर्ताहरु सक्रिय हुने गर्दछन् ।
४. फेसबुकका प्रयोगकर्ताहरुमध्ये २१ प्रतिशत एसियाका छन् ।
५. प्रत्येक दिन लगभग ४ सय ८८ मिलियन प्रयोगकर्ता फेसबुकलाई मोबाइलमार्फत चलाउने गर्दछन् ।
६. फेसबुकमा आउने पोष्टमध्ये सबैभन्दा बढि पोष्ट ब्राजिलबाट आउने गर्दछ । ब्राजिलबाट प्रतिमहिना लगभग ८६ हजार पोष्ट गरिन्छ ।
७. फेसबुकबाट साथीलाई हटाउँदा थुपै्र मानिसहरुले आफ्नो ज्यानसमेत गुमाउनु परेको छ ।
८. फेसबुकका २३ प्रतिशत प्रयोगकर्ता प्रतिदिन पाँच अथवा त्योभन्दा बढि पटक आफ्नो अकाउन्ट चेक गर्नको लागि खोल्ने गर्दछन् ।
९. १० अथवा त्यो भन्दा बढि लाइक भएका ४२ मिलियन पेज फेसबुकमा उपलब्ध छन् ।
१०. लगभग १ मिलियनभन्दा बढि वेबसाइट भिन्न भिन्न प्रकारले फेसबुकमा जोडिएका छन् ।
११. फेसबुकमा तपाईं आफूलाई मन परेको भाषा प्रयोग गर्न सक्नुहुन्छ र पूर्ण रुपमा त्यहि भाषालाई फेसबुकमा परिवर्तन गर्न सक्नुहुन्छ ।
१२. फेसबुकमा ८५ प्रतिशत महिलाहरु आफ्नो साथीहरुका कारण तनावमा छन् ।
१३. यदि फेसबुक साइट डाउन भयो भने कम्पनीलाई प्रति मिनेट २५ हजार अमेरिकी डलरको घाटा हुने सम्भावना हुन्छ ।
१४. सन् २०१२ मा दक्षिण कोरिया, रुस, भारत, जापान र ब्राजिलमा फेसबुकले आफ्ना सक्रिय प्रयोगकर्ताको संख्यामा ४१ प्रतिशतको वृद्धि गर्यो ।
१५. फेसबुकमा प्रतिदिन लगभग २५० मिलियन पोष्ट गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: