Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

पुर्वाञ्चलमा डिजेलको बिक्री अत्यधिक

\"Petrol\"विराटनगर । पूर्वाञ्चलमा पेट्रोलियम पदार्थअन्तर्गत डिजेलको बिक्री अत्यधिक भएको छ । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अनुसार भारतबाट आयात गरिएको पेट्रोल, डिजेल तथा मट्टीतेलअन्तर्गत डिजेलको आयात तथा बिक्री बढी भएको बताइएको छ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएपछि हाल पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको समस्या नरहेको र आयल निगम विराटनगरका डिपोमा पेट्रोलियम पदार्थको मौज्दात पूरा रहेको सो कार्यालयले जनाएको छ । कार्यालयका क्षेत्रीय प्रमुख भुवनराज रेग्मीका अनुसार भारतको बरौनी तथा सिलिगुडीबाट आव २०७१/७२ मा तीन करोड ५९ लाख ६८ हजार लिटर पेट्रोल, १२ करोड, ३५ लाख चार हजार डिजेल तथा ३१ लाख १२ हजार लिटर मट्टीतेल बिक्री भएको जानकारी दिए । सोही आवमा आयात भएकामध्ये तीन करोड ५७ लाख २४ हजार लिटर पेट्रोल, १२ करोड २८ लाख ४९ हजार लिटर डिजेल तथा ३० लाख ८२ हजार लिटर मट्टीतेल बिक्री भएको छ । बरौनीबाट दैनिक चार लाख लिटर डिजेल, एक लाख ५० हजार लिटर पेट्रोल आयात हुने गरेको र त्यो २५० वटा ट्याङ्करमार्फत ढुवानी भइरहेको बताइएको छ । कार्यालय सहायक प्रबन्धक वासुदेव भण्डारीले विगत एक वर्षदेखि मागबमोजिम पेट्रोलियम पदार्थको आपूर्ति भएकाले समस्या नभएको स्पष्ट पारे । सगरमाथा पेट्रोलियम डिलर्स एसोसिएसनका उपाध्यक्ष रामचन्द्र साहले पेट्रोलियम पदार्थको ढुवानी, बिक्री तथा वितरणमा कुनै किसिमको आयल निगमबाट भेदभाव नभएको र सरल एवम् सहजरुपमा पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको बताए । हाल पूर्वाञ्चलमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने डिलर तथा पम्प व्यवसायीहरुको सङ्ख्या करिब ४५० रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies