टोकियो । कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ ।
सन् २०२० मार्च देखि सन् २०२२ जून सम्ममा जापानमा आत्म हत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको रिपोर्टलाई उद्धृत गरी जापानी समाचार संस्था क्योदोले बुधबार जनाएको छ । उक्त समूहले कोभिड महामारीपूर्वको सोही अवधिको तुलनामा यो सङ्ख्या अत्यधिक भएको बताएको छ ।
अनुसन्धान रिपोर्ट अनुसार आत्महत्या गर्ने अत्यधिक व्यक्ति २०–३० बर्ष उमेरका युवती भएको पाइएको छ । कोभिडका कारण २० बर्षभन्दा मूनिका किशोरीहरू पनि उल्लेख्य सङ्ख्यामा प्रभावित बनेको जनाइएको छ ।
विवरण अनुसार उक्त अवधिमा महिलापुरूष गरी एक हजार ८३७ यूवाले आत्महत्या गरेका थिए भने एक हजार ९२ युवती रहेका थिए ।
महामारीका कारण भएका भनिएका ३७७ आत्महत्या मध्ये १९ वर्ष वा सोभन्दा कम उमेरका २८२ जना रहेका छन् ।
टोकिया विश्वविद्यालयका सह–प्राध्यापक ताइसुके नाकाताले क्योदोसँग भन्नुभयो, “पुरुषको तुलनामा नियमित काम नगर्ने महिलाहरू आर्थिक रूपमा बढी प्रभावित हुन्छन्, जबकि व्यवहारिक प्रतिबन्धका कारण युवाहरू आइसोलेसनमा बस्न बाध्य हुने सम्भावना बढी हुन्छ ।
क्योदोका अनुसार ‘जापानमा आत्महत्याको दर बढ्नुको प्रमुख कारण आर्थिक कठिनाइ रहेको विश्वास गरिएको छ, किनकि बेरोजगारी बढ्दै जाँदा आत्महत्याको मृत्यु दर बढ्छ’ ।
ओसाका विश्वविद्यालयका प्राध्यापक फुमियो ओटाकेले आत्महत्याको संख्याजस्ता तथ्याङ्कलाई ध्यानमा राखेर सरकारले आफ्नो नीति परिवर्तन गर्न आग्रह गर्नुभयो । कोभिड–१९ सम्बन्धी सरकारी समितिका सदस्यसमेत रहेका ओटाकेले भन्नुभयो, “सामाजिक र आर्थिक गतिविधि रोक्नका लागि कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको जोखिमलाई मूल्याङ्कन गर्न जरूरी छ ।”
उहाँले सामाजिक–आर्थिक गतिविधि कायम राख्न सङ्क्रमित बिरामीका लागि आइसोलेसन अवधि घटाउनेजस्ता उपायलाई खुकुलो बनाउन आवश्यक रहेको बताउनुभयो । जापानमा सन् २०१० देखि हरेक वर्ष आत्महत्याका घटनामा कमी आएको थियो । तर सन् २०२० मा यसमा वृद्धि आएको र सन् २०२१ मा पनि उस्तै रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ७ गते, २०८० - १८:४१
काठमाडौं। सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा सरकार र एमालेबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ। आयोग गठनको विषयमा छलफल ग...
आश्विन ७ गते, २०८० - १८:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हावी भएको बताएकी छन्। आइतवार सिंहदरबारमा भएको हेम–सुनिल जोख...
आश्विन ७ गते, २०८० - १८:२७
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ सकिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिव...
आश्विन ६ गते, २०८० - २०:३४
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका ...
आश्विन ६ गते, २०८० - २०:२९
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । स्व...
आश्विन ६ गते, २०८० - २०:०२
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकसँग भएको सहमति कार्यान्वयन सांसदहरूको हातमा रहेको बताएका छन् । शिक्षाका लागि राष...
आश्विन ६ गते, २०८० - १९:३०
काठमाडौं। बर्दियाको मधुवन नगरपालिका–३ खातामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया भदैया थारू रहेकी जिल्...
आश्विन ६ गते, २०८० - १९:११
काठमाडौं। विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत शिक्षकहरूसँग संसदीय समितिले छलफल गर्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गत...
आश्विन ६ गते, २०८० - १९:०१
काठमाडौं। चतुरबहादुर चन्दको नेतृत्वमा नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न साधारण सभाले चन्दको नेतृत्वमा नयाँ कार्यस...
आश्विन ६ गते, २०८० - १८:४५
काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका-९ अन्दुपट्टीमा अन्दुपट्टीबाट ज...
प्रतिकृया लेख्नुहोस्: