Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

अध्यक्ष दाहाल भन्छन्- पार्टीको नीति र विधिविपरीत जानेलाई कारवाही हुन्छ

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नीति, विधि र सिद्धान्तविपरीत गएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन र अन्तर्घातमा संलग्नलाई कारवाही गर्ने उनको भनाइ छ । अन्तर्घात छानविनका लागि माओवादीले अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा खिमलाल देवकोटा र मुक्ति प्रधान सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।

सो छानविन समितिको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा आज बुझ्द उनले पार्टीभित्रको अनुशासन तोड्ने कार्य आफैँमा गम्भीर रहेको भन्दै त्यस्ता पात्र र प्रवृत्तिलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।
 
उनले दोषीलाई कारवाही नगरे माओवादी कम्युनिस्ट पार्टी जस्तो पनि नरहने बताए  । “अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी जस्तो रहँदैन”, उनले भने, उनले निर्वाचनमा भएको अनियमितता र गडबडी सच्याउनेभन्दा पनि पार्टीलाई विधि र अनुशासनमा चलाउने विषयसँग सम्बन्धित रहेको उल्लेख गरे  ।

छानविन समितिले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विशेष गरी मधेस प्रदेशमा विभिन्न जिल्लामा अन्तर्घात भएको तथा अन्य प्रदेशका केही जिल्लामासमेत समस्या रहेको भन्दै जिम्मेवारीअनुसार कारवाहीको सिफारिस गरिएको छ । 

समितिले देशभरका  पाँच सयभन्दा बढी नेता तथा कार्यकर्तासँग बयान लिएको थियो । गत स्थानीय तहको निर्वाचनमा दुई सय स्थानीय तहमा निर्वाचन जित्ने प्रक्षेपण गरेको माओवादीले अन्तर्घातका कारण अपेक्षित परिणाम आउन नसकेको भन्दै छानबिन समिति गठन गरेको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending