Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अर्थतन्त्रको संवाहक नीजि क्षेत्र: मन्त्री बडू

खबरडबली संवाददाता
काभ्रेपलाञ्चोक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्रको संवाहक निजी क्षेत्र भएकाले सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्  । नेपाल प्लाईउड उत्पादन सङ्घको २३औँ साधारणसभामा आज धुलिखेलमा उहाँले निजी क्षेत्रलाई सरकारले अर्थतन्त्रको चलायमान इन्जिनका रूपमा लिँदै उत्पादन र निर्यातमा सहयोग गर्ने बताएका हुन् । 
 
“अर्थतन्त्रको चलायमान इन्जिननै निजी क्षेत्र हो, आयातित अर्थतन्त्रमा मुलुकको भविष्य छैन, त्यसैले उत्पादन र निर्यातमा सरकार उद्योगीलाई सघाउन तयार छ”, मन्त्री बडूले भने । उनले निर्यातले वैदेशिक मुद्रा सञ्चिति बढाउने भएकाले नेपालमा निर्यात गर्न सकिने वस्तुको उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याए  । 
 
सरकार विभिन्न साना–ठूला उद्योगीसँग छलफल गरेर अघि बढ्न तयार रहेको उनको भनाइ थियो । उनले भने “छलफलपछि सरकारले उद्योग सञ्चालनमा सुधारको घोषणा गरेको छ, राष्ट्रिय उत्पादनलाई प्राथमिकतामा राख्दै नेपाली उत्पादन उपभोग अभिवृद्धि कार्यक्रम महत्वका साथ निर्धारण गरिसकेको छ ।” निजी क्षेत्रसँग सहकार्य गर्ने वर्तमान सरकारको घोषित नीतिअनुसार १० वर्षे अभियान सञ्चालन गर्नुपर्ने उनको धारणा थियो । 
 
मन्त्री बडूले उद्योगीलाई रुग्ण उद्योग सञ्चालन गर्न आह्वान गरिएको बताए  । “सरकारले रुग्ण उद्योग चलाउन चोहको छ, पूर्णरूपमा नचलेका उद्योगको कारण खोज्ने र सामान्यरूपमा चलेकालाई पूर्णक्षमताले चलाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको हो”, उनले भने । 
 
सहरी क्षेत्रमा मात्र नभई सात सय ५३ वटै पालिकामा औद्योगिक ग्राम स्थापना हुनुपर्ने उनको तर्क थियो । उनले भने, “सङ्घीय र प्रदेश सरकार नयाँ उद्योगलाई सहयोग गर्न तयार छ, उद्योगीको प्रस्तावमा ४० प्रतिशत सरकारले बेहोर्छ या रु तीन करोडसम्म सरकारले दिन्छ भन्दै आएका पनि छौँ ।” 
 
स्थानीयस्तरमा रोजगारीको वातावरण बनोस् भन्ने उद्देश्यले सरकारले नयाँ उद्योगमा लगानी गर्न खोजेको मन्त्री बडूले बताए । उनले प्लाईउड उत्पादनलाई बढाए सरकार सहुलियत दिनसमेत तयार रहेको बताए  । मन्त्री बडूले ठूला उद्योगलाई जमिनको थ्रेसहोल्ड ११ विघाबाट बढाइने बताए  । “अब ठूला उद्योगमा स्वदेशी र विदेशी लगानी भित्र्याउन थ्रेसहोल्ड परिमाण बढाउँछौँ”, उनले भने । बजेट वक्तव्यमा ३० वर्षे लिजलाई पनि ५० वर्षे बनाएको उनले बताए । 
 
कार्यक्रममा नेपाल वन वनपैदावार उद्योग व्यवसायी महासङ्घका महासचिव माधवमणि हुमागाईं, भेनियर सङ्घका अध्यक्ष दीपक पाण्डे, नेपाल प्लाईउड उत्पादन सङ्घका वरिष्ठ उपाध्यक्ष होमप्रसाद घिमिरे, संस्थापक अध्यक्ष देवानन्द सरावगीलगायतले कमसल जातका रुख–विरुवालाई प्राथमिकता दिँदै कच्चा पदार्थ ढुवानीमा तीन तहका सरकारले छुट्टाछुट्टै लिने कर एक स्थानमा मात्रै लिने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका थिए  । 
 
सो अवसरमा नेपालमा ८० प्लाईउड उद्योग रहेकोमा छ बन्द अवस्थामा रहेको तथा रु दुई हजार करोड लगानी रहेको प्लाईउड उद्योगमा २५ हजारले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिइएको थियो । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies