Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

रसुवागढी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन थाले

खबरडबली संवाददाता

काठमाडौं । गत साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट आजदेखि व्यापारिक सामग्री पुनःआयात हुन थालेको छ । कोभिड–१९ नियन्त्रणका लागि भन्दै गत साउन २१ गतेदेखि चिनियाँ सुरक्षाकर्मीले बन्द गराएको रसुवागढी नाका, चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणपश्चात् आज बिहान ९ बजेदेखि सामान आयात हुन थालेको हो ।
         
रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार पहिलो चरणमा बिहान ठूला सात चिनियाँ कन्टेनरमा रसुवागढीस्थित नेपाली भूभागमा सामान ल्याइएको हो । थप सात कन्टेनर आज साँझसम्म रसुवागढी पुग्ने प्रजिअ जैसीले जानकारी दिए ।
       
मितेरी पुलबाट चिनियाँ मालबाहक कन्टेनर रसुवागढी इलाका भित्र्याउनुपूर्व  नेपाल तथा चीनबीच सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले मोटर तथा सार्वजनिक स्थानमा औषधि छर्केका थिए । नेपाली सुरक्षाकर्मीले पहिलो चरणमा सामान पल्टी गर्ने स्थलदेखि मितेरी पुलसम्म औषधि छ्याप्ने र दोस्रो चरणमा चिनियाँ सुरक्षा अधिकारीले चीनको भूभागबाट सामान पल्टी गर्ने स्थानसम्म पुनःऔषधि छर्केको बताइएको छ । 
       
दसैँका लागि नेपाली व्यवसायीले चीनबाट झिकाएको करिब रु दुई अर्ब ५० करोड बराबरको माल सामग्री कोरानाका कारण केरूङ क्षेत्रमै रोकिएको अवस्थामा ढिलै भए पनि आयात हुँदा ठूलो सहयोग मिलेको व्यवसायी धर्म पौडेलले बताउनुभयो ।
   
लिच्छवीकालको सातौँ शताब्दीतीर नेपालकी चेली भृकुटी र तिब्बतका राजा श्रङ्चङ्गोम्पोबीच विवाहपश्चात् व्यापारिक कारोवार सुरू भएको ऐतिहासिक नाकाबाट पहिला भरियाद्वारा सामान ढुवानी गरिन्थ्यो भने पछिल्लो समय यातायातको सुविधाले अधिकांश व्यवसायी चिनियाँ सामग्री आयातमा केन्द्रित भएका छन् ।

नेपालसँगको कारोबार गर्न रसुवागढी नाकालाई चीन सरकारले २०७२ को मङ्सिर १५ गतेदेखि औपचारिकरूपमा पूर्णता दिएपश्चात् व्यापारीले काठमाडौँ–रसुवागढी  छोटो मार्गबाट कारोबार सुरू गरेका हुन् । व्यापारीले रसुवागढी नाकाबाट व्यापारिक कारोबार गर्दा गत आर्थिक वर्षमा रु सात अर्ब १७ करोड ६३ लाख ९० हजार भन्सार शुल्कबापतको राजस्व राज्यकोषमा दाखिला भएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
        
चालू आर्थिक वर्षको गत साउन २१ गतेसम्म आयात सामग्रीबाट रु एक अर्ब तीन करोड ५२ लाख ३७ हजार राजस्व सङ्कलन भएको भन्सार अपरेटर अधिकृत धनबहादुर प्रजापतिले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयोः रवी लामिछाने

गोर्खा मिडियामा आएको पैसा चेक नकाटेर घाँस काट्ने कुरा त आउँदैन नि !

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोक...

राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचन...

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव (पूर्णपाठसहित)

रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस

सहकारीबारे समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्या...

नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्यो- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव त...

आइसिसी विश्वकप लिग–२: नेपाल आज क्यानडासँग खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ ।  क्यानडाको किङ्ग सिटीम...

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बै...

नक्कली ऋणीहरूको बिगबिगीले सहकारी समस्यामा : सभापति थापा

काठमाडौं। सहकारी छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीमा नक्कली ऋणीहरूको बिगबिगी रहेकाले समस्या निम्तिएको बताभएको छन् ।  प्रतिनिधि ...

नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०.७६ विन्दुमा रोकिएको छ । आज ३१२ कम्पनिको कारोबार हुदा एक करो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy