Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

गोरखाको बालुवामा पहिरो, दरौँदी नदी थुनिने त्रास

गोरखा  । गएराति झरेको पहिरोका कारण  गोरखाको सिम्जुङ–९ स्थित बालुवा बजार उच्च जोखिममा परेको छ । बालुवाबजारको पारिपट्टि सौरपानीको डाँडाबाट झरेको पहिरोले दरौँदी नदीको एउटा भङ्गालो थुनिएपछि बालुवाबजारवासी त्रासमा छन् । भीषण वर्षासँगै गएराति १ बजेतिर पहिरो झरेको थियो । पहिरोले दरौँदी नदीको सौरपानी गाविसतर्फको सानो भङ्गालो थुनिएको स्थानीयवासीले जनाएका छन् । स्थानीयवासी चन्द्र घलेका अनुसार दरौँदीको भङ्गालो थुनिएपछि बस्तीमा पानी पस्ने र पहिरो जाने डरले गाउँले त्रासमा छन् ।उनले भने– ‘ठूलो आवाजसाथ पहिरो झरेको थियो । दरौंँदीको एउटा भङ्गालो थुनिएछ । पहिरो नाघेर बिहानदेखि पानी बग्यो ।’ पानी पर्न रोकिएको छ तर, पहिरो झरिरहेको छ । बालुवाबजारको पारिपट्टि बारपाक सडकखण्डमा पहिरो झरेको हो । भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँ नजिकै बालुवाबजार पर्छ । भूकम्प गएपछि सोही ठाउँमा ठूलो पहिरो झरेको थियो । पहिरोभित्र पुरिएका दुईजनाको शव १७ दिनपछि सेनाको टोलीले बाहिर निकालेको थियो । सिम्जुङ–सौरपानी जोड्ने दरौँदी नदीमाथि निर्माण भएको पुल नजिकै पहिरो झरेको घलेले बताए । ’दरौँदीको भेल बस्तीमा पस्ने डरले सुरक्षित ठाउँमा बस्यौँ, रातभर अनिदो बितायौँ,‘ उनले भने “अस्थायी प्रहरी चौकी बालुवाका प्रहरीले स्थानीयवासीलाई सुरक्षित ठाउँमा लगे ।” बिहान उज्यालो भएपछि मानिसहरु आ–आफ्ना घर गएको उहाँको भनाइ छ । भूकम्पले पहिरो नजिकैको झोलुङ्गे बस्ती विस्थापित भएर बालुवाबजारमा बसेका छन् । बालुवामा १५० भन्दा बढी टहरा छन् । पहिरोको जोखिम रहेको बालुवाबजार क्षेत्रमा प्रहरी टोली परिचालन गरी स्थानीय जनतालाई सुरक्षित ठाउँमा राखिएको प्रहरी निरीक्षक रेशमलाल रेग्मीले बताए। ’बालुवाबजारको अवस्था सामान्यतर्फ उन्मुख छ,” रेग्मीले भने – दरौँदीमा पानीको सतह घट्दै गएको छ । आकाशबाट पानी पर्न रोकिएसँगै पहिरो झर्न रोकियो ।’ अहिले खतरामुक्त रहेको भन्दै नयाँ सडक ट्र्याक खोलिएपछि पहिरोको झरेको रेग्मीले बताए । गोरखाबजारबाट ४० किलोमिटर टाढा बालुवाबजार पर्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending