Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

प्रादेशिक राजधानी सुर्खेत माग्दै जाजरकोटीको प्रदर्शन र बन्द

जाजरकोट । प्रमुख दलहरुले सङ्घीय प्रदेशहरुको सीमाङ्कन गरेर आफूमाथि अन्याय गरेको भन्दै जाजरकोटवासीले आजदेखि जिल्ला बन्द गरेका  छन् । अखण्ड मध्यपश्चिम हुनुपर्ने तथा प्रादेशिक राजधानी सुर्खेत हुनुपर्ने मागसहित उनीहरुले आन्दोलन सुरु गरेका हुन् । चरणबद्ध आन्दोलनको घोषणा गर्दै उनीहरुले सदरमुकाम खलङ्गामा प्रमुख दलहरुको निर्णयविरुद्ध नाराजुलुससहित प्रदर्शन गरिरहेका छन् । “प्रदेश नं ६ को सीमाङ्कन खारेज गर, प्रादेशिक राजधानी सुर्खेतलाई घोषणा गर, जाजरकोटीलाई अन्याय गर्न पाइँदैन,” जस्ता नारा लगाउँदै उनीहरुले खलङ्गाबजार जुलुससहित परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए । आजदेखि अनिश्चितकालका लागि जिल्ला बन्द गर्ने र आमहडतालका कार्यक्रम सञ्चालन गर्ने नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । सीमाङ्कनले आफूहरुलाई निकै मर्का परेकाले जिल्लाका सबै व्यापारी, उद्योगी, पत्रकार, शिक्षक, बुद्धिजीवी र विद्यार्थीको सहभागितामा संविधानसभाका अध्यक्षलाई ज्ञापनपत्र पठाइएको शाहले बताए । सोमबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत संविधानसभाका अध्यक्ष र राजनीतिक संवैधानिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईलाई पठाइएको ज्ञापनपत्रमा मध्यपश्चिम टुक्र्याउने निर्णय सच्याउन र प्रादेशिक राजधानी सुर्खेतमै बनाउन आग्रह गरिएको छ । आज बिहानैदेखि जाजरकोट बन्द गर्दा यहाँको जनजीवन प्रभावित भएको छ । बन्दले गर्दा यातायात, विद्यालय र बजार ठप्प भएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending