Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरवलोकन हुन्छ – मन्त्री रिजाल

\"Minendraश्रमजीवी पत्रकारको पारिश्रमिक पुनरवलोकन हुन्छ – मन्त्री रिजाल काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले न्यूनतम पारिश्रमिक निर्धारण समितिले दिएको प्रतिवेदनका आधारमा केही दिनमै श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरवलोकन हुने बताएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा मन्त्री रिजालले पत्रकारले न्यूनतम पारिश्रमिक पाउने कुरा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । न्यूनतम पारिश्रमिक निर्धारण समितिले गत असार २० गते सरकारलाई बुझाएको प्रतिवेदनमा श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० तय गर्न सञ्चार मन्त्रालयलाई सुझाव दिएको हो ।

उनले भने– ’नेपालकै सञ्चारमाध्यममा केही पत्रकारले रु तीन लाखसम्म पारिश्रमिक बुझ्छन् भन्ने मैले सुनेको छु तर केही पत्रकारले रु १० हजार पनि नपाउने अवस्थाको अन्त्य हुन आवश्यक छ ।’ बैठकमा सभासद्हरुले अरुको पीडाको समाचार बनाउने पत्रकारहरु आफैँ पीडित हुनु दुःखद रहेको भन्दै उनीहरुलाई आवश्यक न्यूनतम पारिश्रमिकको सुनिश्चितताका लागि राज्यले पहल गर्नुपर्ने बताए । उनीहरुले न्यूनतम पारिश्रमिक नदिने सञ्चारमाध्यमलाई कारबाही गर्नुपर्नेसमेत माग राखेका थिए । उनीहरुले सरकारी सञ्चारमाध्यममै श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन नहुनु विडम्बना भएको बताउँदै तत्कालै सबै सरकारी सञ्चारमाध्यममा ऐनको पूर्ण कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका थिए । सभासद् पेम्बा लामाले पत्रकारहरुले परिचयपत्र बनाउन नक्कली नियुक्तिपत्र बनाउनुपर्ने विषय लाजमर्दो भएको बताउँदै परिश्रम गरिसकेपछि सोहीअनुरुपको पारिश्रमिक पाउनुपर्ने धारणा राखेका थिए ।  सभासद् विनोद श्रेष्ठले श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारलाई सेवा, सुविधा नदिने सञ्चारगृहलाई खारेज गर्नेसम्मको कारबाही गर्नुपर्ने सुझाव दिए । सभासद् राजन भट्टराईले पत्रकारले तलब पाउन आन्दोलन गर्नुपर्ने वर्तमान अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । सभासद् राधा तिमिल्सिनाले श्रमको पैसा नदिई काममा लगाउनु मानवताविरुद्धको अपराध भएको बताइन । बैठकमा आमन्त्रित सदस्यका रुपमा आउनुभएका नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले ऐनले विशेषज्ञका रुपमा १५ प्रतिशतमात्रै अस्थायी, करार कर्मचारी सञ्चारमाध्यमले राख्न पाउने अरु सबै स्थायी राख्नुपर्ने प्रावधान भए पनि त्यसको ठीक उल्टो १५ प्रतिशत पनि कर्मचारी स्थायी नभएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।  एनले ऐन बनेको २० वर्षसम्म पनि कार्यान्वयन नभएको भन्दै सरकारी सञ्चारमाध्यमले नै तीन महिने तारिख जस्तो गरी पत्रकारलाई नियुक्तिपत्र दिने व्यवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले समितिको पछिल्लो प्रतिवेदनअनुसार २६ प्रतिशत पत्रकारले अझै न्यूनतम तलब नपाएको विवरण प्रस्तुत गर्दै यथार्थतामा त्योभन्दा धेरै पत्रकारले न्यूनतम तलब नपाउने गरेको जानकारी दिए । सूचना विभागका निर्देशक विष्णुभक्त रञ्जितले गत आवमा मात्रै समयमा तलब नपाएका नौवटा उजुरी प्रेस रजिस्ट्रारको कार्यालयमा परेका जानकारी दिँदै उजुरी परेपछि व्यवस्थापन र पत्रकारलाई राखेर आफूहरुले समस्या समाधानका लागि पहल गर्ने गरेको बताए । गोरखापत्रका अस्थायी पत्रकारलाई स्थायी गर्न निर्देशन अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले गोरखापत्रमा लामो समयदेखि कार्यरत अस्थायी पत्रकार र कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन, २०५१ र श्रम ऐन, २०४८ अनुसार तत्काल स्थायी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । बैठकमा सभासद्हरुबाट सरकारी निकायअन्तर्गतकै सञ्चारमाध्यममा ऐन लागू नभएको भन्दै आलोचना भएपछि गोरखापत्रमा स्थायी गर्न निर्देशन दिने निर्णय गरिएको समितिका सभापति प्रभु साहले बताए । बैठकमा गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले गोरखापत्रमा काठमाडौँमा कार्यरत पत्रकारहरुलाई जिल्ला समाचारदाता ९ स्ट्रिङ्जर०का रुपमा राखिएको र उनीहरुलाई तीन महिने नियुक्ति दिने गरिएकामा एक वर्षे नियुक्ति दिन आफूहरु तयार रहेको जवाफ दिएका थिए । त्यसैगरी, बैठकले देशभर रहेका सञ्चारमाध्यममा कार्यरत पत्रकार र उनीहरुले पाउने सेवा, सुविधाका अवस्थाबारे एक महिनाभित्र प्रतिवेदन तयार गरी समितिलाई बुझाउन सूचना विभागलाई निर्देशन दिएको छ । श्रम ऐन कार्यान्वयनको अवस्था र कार्यान्वयन नगर्नेमाथि भएका कारबाहीको विवरणबारे पनि छुट्टै प्रतिवेदन तयार पारी बुझाउन समितिले निर्देशन दिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending