Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

दिएजस्तो गरी अधिकार खोसियो ः महिला अधिकारकर्मी

काठमाडौँ, २५ साउन । संवैधानिक, राजनैतिक संवाद तथा सहमति समितिले आइतबार पेस गरेको प्रतिवेदनमा महिलाका केही मुद्दा सम्बोधन भए पनि शब्दमार्फत अल्झाई महिलालाई अधिकार दिएजस्तो गरी खोसेको आरोप महिला अधिकारकर्मीले लगाएका छन् । ‘महिलामैत्री संविधानका लागि साझा अभियान’ले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा महिलाअधिकारकर्मीले महिलाका धेरै विषयमा झुक्याउन खोजेको भन्दै महिलामैत्री संविधान नबने सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् । अधिकारकर्मी दुर्गा सोबले परिमार्जित मस्यौदामा आएका केही महिलाका विषय सकारात्मक भएपनि आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको पहिचान र परिणाममुखी सहभागिताको माग गरिन । अधिवक्ता सुबिन मुल्मीले परिमार्जित मस्यौदामा नागरिकतासम्बन्धी प्रावधान विभेदकारी नै रहेकाले त्यसलाई सच्याउनुपर्ने बताइन । उनले नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेमा विदेशी पुरुषले वैवाहिक अङ्गीकृत नागरिकता पाउने व्यवस्था हटाएको प्रति आपत्ति जनाइन । संविधानको धारा ११ को उपधारा २ मा ‘आमाबाबुका नामबाट नागरिकता प्राप्त गर्न सक्ने’ भन्ने नयाँ व्यवस्था थप गरिएपनि त्यसपछिका उपधारा ३ र ४ मा आमाको नामबाट मात्र नागरिकता पाउन सक्ने बाटो बन्द गरिएको उनले बताए । अधिकारकर्मी राधा पौडेल, विजया केसी र विष्णुकला भण्डारीले अहिलेको परिमार्जित मस्यौदा अधिकारकर्मीलाई समेत झुक्याउने किसिमले ल्याएकोप्रति आक्रोश व्यक्त गरे। अभियानले आन्दोलनका क्रममा यही साउन २७ गते नयाँ बानेश्वरमा कविता वाचनद्वारा विरोध जनाउने, २८ गते नारा जुलुससहित निषेधित क्षेत्र तोड्ने, २९ गते नागरिकता सङ्कलन गरी सभामुख सुवास नेम्वाङलाई बुझाउने र ३१ गते टर्च लाइट जुलुस निकाल्ने कार्यक्रम रहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending