Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८० शुक्रबार | 1st December, 2023 Fri

देश, राष्ट्रियता र समृद्धिका लागि आगामी निर्वाचनमा एमालेले जित्नुपर्छः उपमहासचिव गुरुङ

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देश, राष्ट्रियता र समृद्धिका लागि आगामी निर्वाचनमा एमालेले जित्न आवश्यक रहेको बताएका छन् । उनले गठबन्धनको नेतृत्वबाट मुलुक निर्माण असम्भव रहेको भन्दै देस बिकासको नेतृत्व एमाले बाटमात्र सम्भव रहको बताए  ।

नेकपा (एमाले) को तनहुँ–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ‘चाडपर्वको शुभकामना तथा निर्वाचन केन्द्रित कार्यक्रम’को उद्घाटन गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताए । “समृद्ध नेपाल निर्माण गर्ने एमालेको चाहना हो, यसलाई पूरा गर्न आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्छ”, उनले भने । उनले अवसरवादका लागि एमाले फुटाएको आरोप समेत लगाए  ।

नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् सांसद केदार सिग्देलले पार्टीभित्र एकता कायम राख्दै नेकपा एमाले आगामी निर्वाचनमा अगाडि बढ्नुपर्ने बताए  । देश, राष्ट्रियता र समृद्धिका लागि एमालेले हालसम्म गरेका कामलाई जनतामाझ लैजान सकेमात्र आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने उनको भनाइ थियो ।

एमाले केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले समानुपातिकमा तनहुँ वञ्चित भएको भन्दै आगामी निर्वाचनमा तनहुँबाट समानुपातिकमा प्रतिनिधित्व गर्नुपर्ने बताए  ।

एमाले नेता एवम् गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले नयाँ कार्यक्रमलाई लिएर आगामी निर्वाचनमा एमाले जनताको घरमा जानुपर्ने धारणा राखे । उनले गठबन्धनभन्दा एमाले कमजोर नरहेको बताए  । आर्थिक समृद्धि अबको आवश्यकता भएको उनको भनाइ थियो ।

नेकपा एमाले तनहुँका नेता रत्नकुमार श्रेष्ठले तनहुँको विकासको नेतृत्व एमालेले लिने बताए  । सम्पर्क मञ्चका अध्यक्ष बुद्धि मिश्रले आगामी निर्वाचनमा एमालेलाई जिताउन काठमाडौँ बसोबास गरेका तनहुँवासी आजैदेखि लाग्नुपर्ने बताए  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईयूको ‘कालोसूची’बाट हटेन नेपाल

काठमाडौँ।  युरोपियन युनियन (ईयू)ले हवाई सुरक्षा सूची (कालोसूची)बाट नेपाललाई नहटाउने भएको छ । ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको थियो । ...

एनएसएल : साविक विजेता धनगढी एफसीको जित, बुटवलको लगातार दोस्रो हार

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबलको बिहीबार भएको खेलमा धनगढी एफसीले जित हासिल गरेको छ। साविक उपविजेता धनगढी एफसीले त्रिपुरेश्वरस्थित दशरथ रंग...

जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्वलाई जानकारी गराइने प्रधानमन्त्रीको प्रतिबद्धता

यूएई। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् ।  ...

कानुन कार्यान्वयनको माग गर्दै मिटरब्याजपीडित प्रदर्शनमा

काठमाडौं। मिटरब्याजविरुद्धको संघर्ष समिति सिराहाले बिहीबार प्रदर्शन गरेको छ। मिटरब्याजसम्बन्धी बनेका ऐन–कानुन कार्यान्वयनको माग गर्दै संघर्ष समितिले प...

युगान्डा टी२० विश्वकपमा : यी हुन् विश्वकप खेल्ने २० देश

काठमाडौं। अफ्रिकाबाट आईसीसी टी-२० छनोटमा युगान्डाले टेस्ट राष्ट्र जिम्बावेलाई पछि पार्दै विश्वकपमा पुगेको छ। नामिबियामा भइरहेको आईसीसी टी-२० विश्वक...

मकवानपुर दुर्घटना अपडेट : श्रीमती र छोरी गुमाएका चालकको पनि मृत्यु

काठमाडौं। मकवानपुरमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा श्रीमती र छोरी गुमाएका श्रीमानको पनि मृत्यु भएको छ। मकवानपुरको गढी गाउँपालिका- २ कुर्लेपाखा ...

केपी ओली कप : फाइनलमा आर्मी र मधेश भिड्ने

काठमाडौं । मधेश प्रदेश पोखरामा चलिरहेको केपी ओली टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मधेशले सशस्त्र प्रहरीलाई ११ रनले हराउँदै ...

बझाङमा ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ।  बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ ६:४४ बजे बझाङ सदरमुकाम र आसपासमा भूकम्प धक्का महसुस गरिएको हो। सदरमुकाम चैनपुर आसपास केन्द...

६ थान नक्कली नोटसहित एकजना पक्राउ

काठमाडौँ। काठमाडौं महानगरपालिका–३१ शङ्खमूलबाट एक हजार दरको नोट पाँच थान र ५०० दरको नोट एक थान गरी जम्मा ६ थान नक्कलीजस्तो देखिने नोटसहित एकजना पक्राउ ...

सामाजिक सद्भाव प्रवर्द्धन गर्नुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौँ।  प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र धार्मिक सद्भावसहित देश विकासमा लाग्नुको विकल्प नरहेको बताएका छन् । धनुषाको जनकपुरधाम ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies