Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भेडा, च्याङ्ग्रा आयात नहुँदा महँगियो खसीबोका

खबरडबली संवाददाता

फुङ्लिङ । दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको मूल्य महँगिएको छ । टिप्ताला नाका बन्दका कारण चीनबाट च्याङ्ग्रा आयात बन्द भएकाले सदरमुकाम फुङ्लिङमा खसीबोकाको मूल्य महँगिएको हो । 

दसैँको मौका छोपेर हाट बजारमा नियमित खरिद÷बिक्री हुने मूल्यको तुलनामा व्यवसायीले खसीबोकाको मूल्य एक्कासी बढाएका हुन् । चाडपर्वका समयमा मासुको खपत साथै माग पनि बढ्ने हुँदा खसीबोकाको मूल्य बढ्ने गरेको स्थानीयले बताएका छन् । 

उपभोक्ताका अनुसार हाट बजारमा रु १० हजार पर्ने एउटा खसीको मूल्य अहिले महँगिएर रु १४÷१५ हजार मूल्य पुगेको छ । फुङ्लिङ बजारका स्थानीय डिल्ली पौडेलले निकै महँगो मूल्य तिरेर आफूलाई आवश्यक खसी खरिद गरेको बताए  । 

नियमित बजारमा १० किलोग्रामको खसीबोकालाई रु आठ हजार पर्ने गरेकामा चाडपर्वको समयमा भने रु १२ हजार भन्दाबढी परेको फुङ्लिङ नगरपालिका–७ का स्थानीय कमल भट्टराईले बताए । भट्टराईका अनुसार चाडपर्वको मौका छोपेर स्थानीय किसान तथा व्यवसायीले आफूखुसी खसीबोकाको मूल्य बढाउने गरेका छन् ।

यो मौसममा खसीबोकासँगै बाख्राका पाठापाठीको मूल्यसमेत महँगिएको उपभोक्ता बताउँछन् । प्रतिवटा रु तीन हजारसम्ममा पाइने पाठापाठी हाटमा रु पाँच हजारभन्दा बढीसम्म मूल्य तिर्नुपरेको उपभोक्ता (खरिदकर्ता) ले बताएका छन् ।

फुङ्लिङमा लाग्ने हाटबजारमा जिल्लाको निघुरादिन, फूलबारी र छिमेकी पाँचथर जिल्लाको अमरपुरलगायत क्षेत्रका स्थानीय व्यापारीले खसीबोका ल्याएर बिक्री गर्ने गर्दछन् ।  

कोभिड महामारको तीन वर्षअघिदेखि नै चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात हुन छोडेकाले पनि खसीबोका महँगिएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका उपाध्यक्ष पासाङ शेर्पाले बताए  । आजभन्दा चार÷पाँच वर्ष अघिसम्म चाडपर्वका समयमा टिपताला भञ्ज्याङ नाका हुँदै तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात हुने गर्दथ्यो । तिब्बतबाट च्याङ्ग्रा आयात हुँदा यहाँ खसीबोका निक्कै सस्तो मूल्यमा खरिद बिक्री हुने गरेको शेर्पाले बताए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies