Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

नेपाल र चीनको सीमामा आजदेखि हाटबजार सुरु

\"nepal-china-border\"मुगु । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले बर्सेनि साउनको अन्तिम सातामा सीमावर्ती जिल्लाका लागि हाटबजार लगाउने परम्परा मुताविक यस वर्षको हाटबजार आजदेखि सुरु भएको छ ।

तिब्बतसित जोडिएका जिल्लासँग व्यापारका लागि सामान आयात–निर्यात तथा जडीबुटी बिक्री गर्न वर्षौंँदेखि अस्थायी रुपमा एक हप्ताका लागि नाका खुल्ला गर्ने प्रचलन यहाँ छ । यो बेला हुम्ला, मुगु, डोल्पा, दार्चुला, रसुवा, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, गोर्खा र ताप्लेजुङमा तिब्बतले नाका खुलाउने गर्दछ । यी मध्ये केही जिल्लामा बाह्रैमास नाका खुला हुन्छ ।

हुम्ला, मुगु, डोल्पा लगायतका जिल्लामा तिब्बतले हिउँ अत्यधिक हुने कारण बाहै्रमास एक हप्ता नाका खोल्ने गरेको छ । मुगुमा सदरमुकाम गमगढीभन्दा करिब ४५ कोस टाढा रहेको नाक्चे लाङना (नाम्जा भन्ज्याङ) लगत्तैको तिब्बतको सीमावर्ती जिल्लामा आजदेखि एकहप्ते हाटबजार सुरु भएको छ ।

जिल्लाका सीमावर्ती गाविस दोल्फु, किम्री मुगु, पुलु, माग्री र मुगु तथा बाजुरा र हुम्ला जिल्लाका स्थानीयवासी यो वर्षको हाटबजारमा व्यापार गर्न गएको मुगु भन्सार कार्यालयले जनाएको छ ।

हाटबजारमा नेपालमा उत्पादित फलफूल, फापर, जौ, नेपाली पहिरनका वस्तु, यार्सागुम्बालगायतका जडीबुटी बिक्री गर्ने र नेपालीले तिब्बतबाट चिनियाँ मदिरा, लत्ताकपडा, चिया, घ्यु, चामल, मैदा, पीठो, नुन, ऊनी वस्त्र, ऊन, भेडा, च्याङग्रा, जस्तापाता, सिमेन्ट, सौर्यपाता लगायतका वस्तु आयात गर्ने गर्दछन ।

स्थानीयवासीले भेडा, खच्चड, घोडा, चौँरीमा भारी बोकेर हाटबजारबाट सामान आयात, निर्यात गर्ने गरेको स्थानीय सीमावर्ती गाविस दोल्फुका तेन्जिङ लामाले बताए । मुगाली जनता वर्षभरका लागि आवश्यक पर्ने घरायसी सामान किन्न हाटबजारमा जाने गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies