Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

पर्याप्त पानी नपर्दा चार लाख हेक्टरमा धान रोपाइँ हुन सकेन

\"irrigation\"काठमाडौँ । मुलुकभर राम्रोसँग वर्षा हुन नसकेका कारण यस वर्ष करिब चार लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन सकेको छैन । अल्पवृष्टि, खण्डवृष्टि तथा तराईका विभिन्न आठ जिल्लामा सुक्खा भएका कारण धान रोपाइँ हुन नसकेको कृषि विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार पूर्वाञ्चल क्षेत्रमा दुई लाख ४५ हजार ५६८ हेक्टर, मध्यमाञ्चलमा दुई लाख १८ हजार ५१९, पश्चिमाञ्चलमा दुई लाख ६८ हजार ३८६, मध्यपश्चिमाञ्चलमा एक लाख ४५ हजार ५६४ र  सुदूरपश्चिमाञ्चलमा एक लाख ६९ हजार ३१ हेक्टरमा हालसम्म रोपाइँ भएको छ । साउनको तेस्रो सातासम्म आवश्यक परेजति मनसुनी वर्षा हुन नसक्दा रोपाइँ प्रभावित भएको हो । सामान्य अवस्थामा पूर्वाञ्चलमा तीन लाख ८२ हजार ८६७ हेक्टर, मध्यमाञ्चलमा तीन लाख ९१ हजार ६२४, पश्चिमाञ्चलमा तीन लाख आठ हजार ९०, मध्यपश्चिममा एक लाख ६७ हजार ४९८ र सुदूरपश्चिममा एक लाख ७० हजार ११७ हेक्टरमा धान रोपाइँ हुने गरेको थियो । गतवर्ष ७९।३ प्रतिशत क्षेत्रमा रोपाइँ भएको थियो भने २०७० मा ७८।१ र २०६९ मा ४७ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको मन्त्रालयले जनाएको छ । साउन मसान्तसम्म थप केही हेक्टरमा धान रोपाइँ हुने भए पनि अघिल्लो सालको तुलनामा रोपाइँ हुन सक्ने अवस्था देखिएको छैन । कृषि विकास मन्त्रालयका सचिव उत्तम भट्टराईले मध्य तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा हालसम्म ४० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको जानकारी दिए । तीमध्ये सिराहा र धनुषामा २० प्रतिशत, महोत्तरीमा २४ प्रतिशत, सप्तरीमा ३७ प्रतिशतमात्रै रोपाइँ भएको छ । गत वर्ष ती जिल्लामा कुल ५३ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको थियो । मन्त्रालयको प्रारम्भिक अनुमानअनुसार आव २०७१÷७२ मा करिब ३२ लाख ३२ हजार मेट्रिक टन चामल आवश्यक पर्नेमा करिब ५५ हजार आपूर्ति भई करिब छ लाख ७७ हजार मेट्रिक टन अपुग भएको थियो । यस वर्ष पानी कम परेका कारण सोचेजति धान उत्पादन नहुने भएकाले थप चामल आयात गर्नुपर्ने अवस्था आउन सक्ने सचिव भट्टराईको भनाइ छ । गत आव २०७१/७२ मा मात्र करिब २५ हजार हेक्टर जमिन डुबान, कटान तथा बालुवाले पुरेर क्षति पुगेको थियो । यसैगरी बर्र्खे धानबालीमा करिब ६१ हजार हेक्टर क्षेत्रफलमा अल्पवृष्टिका कारण धान रोपाइँ नै हुन सकेको थिएन । सुक्खा क्षेत्र कम गर्न ट्युबवेलदेखि सौर्य प्रणालीसम्म मन्त्रालयले प्रभावित क्षेत्रमा सुक्खा प्रतिरोधात्मक बाली तथा तिनका जातको विकास र विस्तार गर्ने र ती क्षेत्रमा विद्युत्को प्रयोग गरी धानखेती गर्दा उत्पादन खर्च अत्यधिक हुने हुँदा सुक्खा क्षेत्रमा निःशुल्क तथा उच्च सहुलियत दरमा बिजुली उपलब्ध गराउने योजना अगाडि सारेको छ । विगत लामो समयदेखि सुक्खाग्रस्त क्षेत्रमा धान उत्पादन कम हुँदै गएको अवस्थालाई मध्यनजर गरी ती क्षेत्रमा ठूला, मझौला डिप ट्युबवेल र स्यालो ट्युबवेल जडान कार्यलाई अभियानका रुपमा निरन्तर सञ्चालन गर्ने योजना  मन्त्रालयले अगाडि सारेको हो । कृषि विभागका महानिर्देशक डा युवकध्वज जिसी केही जिल्लामा नमुना आयोजनाका रुपमा सौर्य प्रणालीमार्फत चल्ने डिप ट्युबवेल तथा स्यालो ट्युबवेल जडान गरिने बताउँछन् । सिँचाइ विभागले समेत सोही प्रकारको ट्युबवेल निर्माणलाई तीव्रता दिएको छ । विभागका महानिर्देशक माधव बेल्वासेले राप्तीपारि १० हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले एसियाली विकास बैंकको सहयोगमा सौर्य फार्म स्थापनाको प्रक्रिया अगाडि बढेको बताए । यसैगरी, चितवनमा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र ९इसिमोड०को सहकार्यमा सौर्य सिँचाइ प्रणालीको काम सुरु भएको छ । सप्तरीमा पनि सोही प्रकारको सिँचाइ प्रणाली सुरु गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy