Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

आन्दोलनमा घुसपैठ भयो ः ओली

\"kp-oli-640\"काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले भइरहेको आन्दोलनमा संविधान नचाहने शक्तिको घुसपैठ भएको बताएका छन् । पार्टी कार्यलय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ुजनताको स्वभाविक प्रतिक्रिया र शान्तिपूर्ण प्रदर्शनलाई  आन्दोलनको नाममा भड्काउने र उत्तेजित पार्ने खेल भइरहेको छ। यसमा सबै सचेत हुनुपर्छ । यसलाई परास्त गर्न सबै लाग्नुपर्छ ।’ संविधान आउने निश्चित भएपछि त्यो शक्ति तिलमिलाएको र आन्दोलनमा घुसपैठ भएर अराजकता मच्चाइरहेको बताए । आमजनसमुदायलाई स्वयंमित रहन समेत अपिल गरेका ओलीद्धारा जारी वक्तव्यको पूर्ण पाठ: १। हामीहरू इतिहासको एउटा निर्णायक मोडमा उभिएका छौं । सात दशक अगाडि आफूले चुनेका प्रतिनिधिहरूबाट आफ्ना निम्ति संविधान निर्माण गर्ने नेपाली जनताको सपनाको बिजारोपण भएको थियो । उक्त चिरप्रतिक्षित सपना साकार हुन लागिरहेको यो एउटा यस्तो ऐतिहासिक क्षण हो, जसले नेपाली समाजलाई राजतन्त्रबाट गणतन्त्रको, अधिनायकवादबाट लोकतन्त्रको, हिंसा र अशान्तिबाट दिगो शान्तिको, अस्थिरताबाट स्थायित्वको, विभेद र असमानताबाट सामाजिक न्याय र समानताको तथा दारिद्र्यबाट समृद्धिको नयाँ युगतिर रूपान्तरण गर्नेछ । यस युगान्तकारी क्षणमा म सबै न्यायप्रेमी, परिवर्तनकामी, देशभक्त दाजुभाइ दिदीबहिनीहरू र सबै सञ्चारकर्मी मित्रहरूमा हार्दिक अभिनन्दन गर्न चाहन्छु।   २। निकै लामो आरोह–अवरोह र बहस– विवाद तथा शृङ्खलाबद्ध प्रयत्नपछि संविधानसभाले पहिलो मस्यौदा तयार गरेर जनतासमक्ष पठाइसकेको छ । अनेकौं अवरोधहरूलाई छिचोल्दै लाखौंलाख जनताले त्यसमा आफ्ना अमूल्य सुझाव र अभिमतहरू प्रस्तुत गरिसक्नुभएको छ र यसलाई थप व्यवस्थित, परिस्कृत र समृद्ध बनाउन योगदान गर्नुभएको छ । यस व्यापक र उत्साहपूर्ण सहभागिताबाट संविधानप्रति जनताको स्वामित्व र अपनत्वभाव पनि स्पष्ट ढङ्गले अभिव्यक्त भएको छ । प्राप्त सुझावहरूका आधारमा मस्यौदालाई थप परिमार्जित गरिएको छ ।   ३। कतिपय कमीकमजोरी या अपूर्णताका बाबजुद संविधानको प्रारम्भिक मस्यौदा किन लोकतान्त्रिक, जनपक्षीय र अग्रगामी छ भन्नेबारेमा यसअघि नै  हामीले आफ्ना धारणाहरू सार्वजनिक गरिसकेका छौं । म पुनः दोहोर्याउन चाहन्छु– राजतन्त्रको अन्त्य तथा गणतन्त्रलाई संस्थागत गरेर यसले जनताको सार्वभौमसत्तालाई सुदृढ गरेको छ।   लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामाथि आधारित प्रावधानहरूमार्फत् सबै प्रकारका अधिनायकवादको अन्त्य र दिगो लोकतन्त्रको आधारशीला तयार गरेको छ । सबैखाले विभेदहरूको अन्त्य र सामाजिक न्यायसहितको लोकतन्त्रको व्यवस्था गरेर संविधानले जनताको न्याय र समानताको चिरप्रतिक्षित सपनालाई मूर्तरूप दिने पहल गरेको छ । सबै खाले एकाधिकारको अन्त्य, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक नीतिहरूको अवलम्बन तथा पछाडि परेका वर्ग, समुदाय र क्षेत्रको समुन्नतिका लागि विशेष व्यवस्थाहरू गरेर यसले सामाजिक सद्भावमाथि आधारित राष्ट्रिय एकतालाई सुदृढ गर्ने बाटो तयार गरेको छ ।   सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वयबाट समतामूलक समाज निर्माण गर्ने र समाजवादी दिशामा अगाडि बढ्ने परिकल्पना गरेको छ । आधारभूत राष्ट्रिय हितको दृढ पक्षपोषण र सन्तुलित विदेश नीतिका माध्यमबाट राष्ट्रियतालाई सुदृढ गर्ने बाटो अवलम्बन गरेको छ र सर्वोपरी रूपमा, तीव्र आर्थिक विकास एवम् न्यायोचित वितरणका माध्यमबाट सबैका लागि समृद्धिको मार्गचित्र तयार गरेको छ ।   प्रस्तावित प्रावधानहरू पर्याप्त नहोलान्, तर संविधानले महिला, दलित, श्रमजीवी, आदिवासी जनजाति, तराईवासी– मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिक, बालबालिकालगायत समाजका उत्पीडित– अपहेलित समुदायका लागि गरेका व्यवस्थाहरू अर्थपूर्ण छन् । यिनले सामन्ती राज्यव्यवस्थाका कारण सिर्जित समस्या समाधानको लागि ठोस आधार प्रदान गर्छन् भन्नेमा हामी विश्वस्त छौं।   ३। नयाँ संविधानप्रति जनताका अपेक्षा अपरिमित र अनगिन्ती छन् । युगौंदेखि विभेद, उत्पीडन र अभावमा रहेका जनताको यस्तो अपेक्षा अस्वाभाविक होइन । तर सबै अपेक्षा या मागहरू  संविधानमा उल्लेख गर्नु संभव र व्यवहारिक हुँदैन । संविधानले त राज्य र नागरिकका सम्बन्धहरूलाई परिभाषित गर्दै राज्य सञ्चालनका मुख्य सिद्धान्त, नीति र दिशालाई रेखाङ्कित गर्छ ।   संविधानको यही मार्गदर्शनका आधारमा भोलि बन्ने कानुन, सरकारका नीति–कार्यक्रम, राज्य संरचनालगायत बहुआयामिक उपायहरूको अवलम्बनद्वारा युगौंदेखिका विभेद र असमानताहरूलाई अन्त्य गर्दै जानुपर्छ । संविधानमा मुख्य, आधारभूत र मार्गदर्शक बिषयहरू समेटिएका छन्  र कतिपय छुटेका रहेछन् भने पनि संविधानलाई अन्तिम रूप दिने अवस्थासम्म तिनीहरूलाई समेट्न संविधानसभा तत्पर छ भन्ने विश्वास म यहाँहरूलाई दिलाउन चाहन्छु ।   ४। संविधान विद्यमान शक्ति–सन्तुलनको दस्ताबेज हो र संविधानसभाको शक्तिसंरचनाले यसको सार र स्वरूपमा प्रभाव पार्छ । संविधानसभामा भिन्नभिन्न दर्शन, विचारधारा र मान्यता बोकेका दलहरूको सङ्गम छ । समाजमा पनि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र समुदायगत हितका प्रश्नमा अनेकौं मत र मतान्तरहरू छन् ।   सबैका मुख्य सरोकारहरूलाई संबोधन गर्ने अधिकतम कोशिस हुँदाहुँदै पनि सबैलाई, सबै बिषयमा र सम्पूर्ण रूपमा सन्तुष्ट गर्नु संभव छैन भन्ने यथार्थलाई सबैले हेक्का राख्नैपर्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र संविधान निर्माणको मुख्य आधार हो र ऐतिहासिक जनआन्दोलनको जनादेश पनि यही हो । यसैमाथि आधारित रहेर संविधान निर्माण भएको हुनाले यसप्रति परिवर्तनकारी सबै शक्तिले साथ–समर्थन, अपनत्व र खुशी व्यक्त गर्नुपर्छ भन्ने हामीलाई लाग्दछ ।   ५। सङ्घीयता संविधानको जटिलतम प्रश्न हो र  प्रदेशहरूको सीमाङ्कन सर्वाधिक कठिन दायित्व हो । जनताको भावनालाई अधिकतम् प्रतिबिम्बित गर्दै हामीले ६ प्रदेशसहितको सङ्घीय ढाँचाको रेखाङ्कन गरेका छौं । सङ्घीयता कुनै जड र स्थिर बिषयवस्तु होइन, यो समयक्रममा विकसित र परिवर्तित हुँदै जाने एउटा गतिशील बिषय हो ।   विगत संविधानसभाले तयार गरेको नीतिगत आधारलाई ध्यानमा राखेर प्रदेशको सीमाङ्कनलाई अधिकतम् व्यवहारिक बनाउने कोशिस गरिएको छ र प्रत्येक प्रदेशले समुदायगत विशिष्टतालाई समेट्दै प्राकृतिक साधन–स्रोतहरूको पहुँच, भौतिक पूर्वाधार, आत्मनिर्भर र प्रतिस्पर्धात्मक विकासका लागि न्यूनतम् आधार प्राप्त गर्न सकून् भन्ने कुरामा ध्यान पुर्याउने प्रयाश भएको छ ।   यसो गर्दा जनतालाई राज्यको सुविधा आफ्नो आँगनमै प्राप्त हुन सकोस् भन्ने कुरालाई पनि हेक्का राखिएको छ । सीमाका प्रश्नमा केही समस्या भए संविधानलाई अन्तिम रूप दिने बेलासम्ममा तिनलाई संबोधन गर्न सकिन्छ र भविष्यमा पनि सङ्घीय आयोगको सिफारिसमा फेरबदल गर्न सकिन्छ । त्यसैले यस प्रश्नमा अनावश्यक रूपमा संवेदनशील र उत्तेजित नहुन हामी आम नागरिकहरूलाई विनम्रतापूर्वक आह्वान गर्न चाहन्छौं ।   हिजो विकास क्षेत्र, अञ्चल र जिल्लाजस्ता प्रशासनिक इकाईमा गरिएको प्रशासनिक विभाजनले जनताको स्वशासनको चाहनालाई प्रतिनिधित्व गर्न सकेन भनेर नै राज्यको लोकतान्त्रिक संरचना गर्ने निर्णय गरिएको हो । त्यसैले राज्यको पुनःसंरचना गर्दा कतिपय सन्दर्भमा हिजोका यी संरचनाभन्दा माथि उठ्न तयार हुनुपर्छ भन्ने कुरालाई ध्यानमा राख्न पनि हामी आग्रह गर्दछौं ।   ६। लामो समयदेखि अवरुद्ध संविधान निर्माण प्रक्रिया निष्कर्षमा पुग्न लागेको र यसले लोकतान्त्रिक गणतन्त्र लगायत परिवर्तनका एजेण्डालाई संस्थागत गर्ने निश्चित देखेपछि यतिबेला कतिपय जनविरोधी र राष्ट्रविरोधी तत्वहरू सल्बलाउन लागिरहेका छन् । मुलुकमा अन्त्यहीन अस्थिरता र अराजकता फैलाएर नेपाललाई कहिल्यै पनि सबल, समृद्ध र समुन्नत हुन नदिने तत्वहरू यतिबेला मुख्यतया जनताको धार्मिक संवेदनशीलता र प्रदेशहरूको सीमाङ्कनसम्बन्धी संवेदनशीलतामाथि खेलबाड गर्न उद्यत् रहेका छन् ।   हामी नेपालको गौरवपूर्ण इतिहास, सांस्कृतिक समृद्धि  र मौलिक मूल्य–मान्यताप्रति सचेत छौं । धर्म व्यक्तिगत आस्थाको बिषय हो र राज्यद्वारा एउटामात्रै धर्म अवलम्बन गरिने कुराले लोकतान्त्रिक मूल्यसँग मेल खाँदैन । राज्यले सबै धर्म र धर्मावलम्बीहरूप्रति समभाव राख्नुपर्छ,  धार्मिक स्वतन्त्रताको प्रत्याभूति हुनुपर्छ र गरिबी, अभाव र लोभ–प्रलोभनका आधारमा धर्म परिवर्तन गराउने कुरालाई गम्भीर अपराधको रूपमा चिन्हित गरिनुपर्छ ।   यति स्पष्ट दृष्टिकोण हुँदाहुँदै पनि धर्मलाई राजनीतिकरण गर्ने र यसलाई संविधान निर्माणमा व्यवधान खडा गर्ने बिषय बनाउने कुरा कदापि स्वीकार्य हुन सक्दैन । त्यसरी नै, प्रदेशहरूको सीमाङ्कनमा नमिलेका बिषयको संबोधन गरिने सार्वजनिक प्रतिवद्धता मुख्य दलहरूबाट व्यक्त हुँदाहुँदै पनि  जनतालाई उत्तेजित बनाउने र संविधान बन्न नदिने अस्त्रका रूपमा यसलाई प्रयोग गर्ने दुष्प्रयासलाई परास्त गर्न हामी कृतसङ्कल्पित छौं ।   ७। प्रदेश सीमाङ्कनको बिषयलाई लिएर हिजो सुर्खेतमा ३ जना व्यक्तिको ज्यान जाने गरी भएको घटनाप्रति नेकपा ९एमाले० गहिरो दुःख प्रकट गर्दछ । तर शान्तिपूर्ण रूपमा भइरहेको प्रदर्शनलाई अराजक र उच्छृङ्खल स्वरूप दिने, राजनीतिक पार्टीहरूका कार्यालयमा आगजनी र तोडफोड गर्ने, नेताहरूका घरमाथि आक्रमण गर्ने, प्रहरीहरूलाई गाडीभित्रै जलाउने दुष्प्रयास गर्नेजस्ता क्रियाकलापले उक्त प्रदर्शनमा अबाञ्छित घुसपैठ भएको र त्यसलाई जबर्जस्ती हिंसात्मक स्वरूप दिने प्रयास भएको स्पष्ट देखिन्छ ।   जनताको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको सम्मान गर्दै यस्ता अराजक र विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन हामी सरकारको गम्भीरताका साथ ध्यानाकर्षण गर्दछौं  । इतिहासको यस महत्वपूर्ण, निर्णायक र युगान्तकारी मोडमा प्राप्त अधिकारहरू पनि धरापमा पर्ने गरी कुनै प्रकारको अधैर्यता, आवेग र  उत्तेजनामा नआइकन आफ्ना जायज सरोरकारहरूलाई शान्तिपूर्ण ढङ्गले प्रस्तुत गर्न हामी सबैलाई पुनः आग्रह गर्दछौं ।   ८। सबै खाले व्यवधान, अवरोध र चुनौतीलाई पञ्छाउँदै भदौको दोस्रो साताभित्र संविधान जारी गर्न नेकपा ९एमाले० कृतःसङ्कल्पित छ । संविधान जारी भएसँगै अधिकार प्राप्तिको लागि चल्दै आएको आन्दोलन एउटा दीर्घकालीन सापेक्षतामा पूरा भएर मुलुक समृद्धि प्राप्तिको नयाँ युगमा प्रवेश गर्नेछ । जनताका अधिकार र लोकतन्त्रका लागि सधैभरि आन्दोलनको अग्रिम मोर्चामा रहेको नेकपा ९एमाले० समृद्धि प्राप्तिको नयाँ युगमा पनि नेतृत्वदायी भूमिका र अग्रपङ्क्तिमा रहने विश्वास दिलाउन चाहन्छौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy